आइतबार, चैत १, २०८२

फर्किएला २०१७ ?

च्याम्पियन्स लिगअन्तर्गत आज राति पौने दुई बजे पेरिस सेन्ट जर्मेन (पीएसजी)को पार्क डेस प्रिन्सेस मैदानमा क्वार्टरफाइनल यात्रा तय गर्न बार्सिलोनासँग प्रतिस्पर्धा गर्दैछ।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडाैं- प्रतियोगिता उही, प्रतिस्पर्धी पनि उनै दुई टोली। मात्रै समय फेरिएको हो, अवस्था ठ्याक्कै उस्तै छ। त्यो बेला च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा पीएसजी चार गोलको अग्रतामा थियो, अहिले ४–१ को। 

National life

तीन वर्षअघि मात्रै त हो, पहिलो लेगमा ४–० ले पछि परेको बार्सिलोनाले समग्रमा ६–५ को जित निकाल्दै पीएसजीलाई च्याम्पियन्स लिगबाट पन्छाएको। 

पुनः एकपटक त्यतिबेलाकै अवस्था दोहोरिएको छ। फेब्रुअरी १७ मा सम्पन्न बार्सिलोना–पीएसजीको अन्तिम १६ को पहिलो लेगमा फरवार्ड केलियन एम्बाप्पेले ह्याट्रिक गर्दा बार्सिलोना ४–१ गोलले पछि परेको थियो।

च्याम्पियन्स लिगको क्वार्टरफाइनल यात्रा तय गर्न बार्सिलोनाले खेल उल्टाउनु पर्नेछ तीन वर्षअघिको जस्तै। च्याम्पियन्स लिगअन्तर्गत आज राति पौने दुई बजे पेरिस सेन्ट जर्मेन (पीएसजी)को पार्क डेस प्रिन्सेस मैदानमा क्वार्टरफाइनल यात्रा तय गर्न बार्सिलोनासँग प्रतिस्पर्धा गर्दैछ।

तर, पीएसजीका प्रमुख खेलाडी नेयमार भने पूर्व क्लब बार्सिलोनाविरुद्धको खेलमा उपस्थित हुनेछैनन्। चोटका कारण नेयमारले पहिलो लेग समेत गुमाएका थिए। दोस्रो लेगमा समेत उनी मैदान बाहिर रहनु पीएसजीका लागि घाटा नै हुने देखिन्छ। 

Laxmi sunrise bank
kumari

किनभने यो खेलमा नेयमारको उपस्थिति बार्सिलोनाका लागि दबाबपूर्ण हुनसक्थ्यो। त्यति मात्र होइन, बार्सिलोनाका कप्तान लियोनेल मेस्सी र उनीबीचको प्रतिष्ठाको लडाइँसमेत हो।

नेयमारले लामो समय बार्सिलोनामा बिताउँदा उनले आफू मेस्सीको छायामा परेको महसुस गरेका थिए। त्यसबाट पार पाउँदै विश्वकै उत्कृष्ट खेलाडी हुने महत्वाकांक्षाका साथ पेरिस गएका उनलाई पूर्व क्लबविरुद्ध खेल्ने मौका थियो।

र, उनले आफ्नो महत्वाकांक्षालाई सावित गर्ने अवसर थियो। त्यसलाई उनले गुमाए। अर्का फरवार्ड डि मारिया भने आजको खेलमा उपस्थित हुनेछन्। यसकारण आजको प्रतिस्पर्धा क्याटलान कप्तान मेस्सीविरुद्ध डिमारिया र एम्बाप्पेको रहनेछ।

२०१७ मा के भएको थियो ?

२०१७ को च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ कै खेलमा भेट भएका थिए। २०१७ को फेब्रुअरी १५ मा पार्क डेस प्रिन्सेसमा भएको खेलमा डिमारियाले दुई, जुलियन ड्राक्सलर र एडिन्सन काभानीले समान १–१ गोल गरेका थिए।

पीएसजीको घरेलु समर्थकअघि नेयमार–सुआरेज–मेस्सीको फरवार्डलाई स्तब्ध बनायो। उनीहरुलाई पीएसजीको डिफेन्सले नेटसम्म पुग्न दिएन।

डिमारियाले १८ औं र ड्राक्सलरले ४० औं मिनेटमा गोल गरेपछि खेलको पहिलो हाफमै पीएसजी दुई गोलले अघि रह्यो। दोस्रो हाफको ५५ औं मिनेटमा डिमारिया र ७१ औं मिनेटमा काभानीले गोल गरेपछि बार्सिलोना पीएसजीको समर्थकमाझ घुँडा टेक्न बाध्य भयो।

तर मार्च ९ मा सम्पन्न दोस्रो लेगको खेलमा बार्सिलोनाले आश्चर्यजनक रुपमा खेल उल्ट्यायो। त्यसै खेलका कारण त हो नेयमारलाई दिइएको गेमचेन्जरको उपाधि अझैसम्म खोसिएको छैन। र, खोसिनेवाला पनि छैन।

खेल सकिनै लागेको थियो। पीएसजीले अन्तिम आठमा स्थान बनाउन लागेको थियो। त्यसअघि सुवारेजले एक र मेस्सीले एक गोल गरेका थिए। यता पीएसजीका काभानीले एक गोल बार्सिलोनाको पोस्टमा चुमाएका थिए भने लवियन कुर्जवाले आत्मघाती गोल गरेका थिए।

यसकारण पीएसजी दुई खेल गरी ५–३ गोलले अघि थियो। निर्धारित समयको दुई मिनेटअघि नेयमारले गोल गरे। त्यतिमात्र होइन, उनले इन्ज्युरी समयमा अर्को पनि गोल ठोके।

त्यसपछि त खेल ५–५ को बराबरीमा आइहाल्यो। यति बेलासम्म पनि अवे गोलका आधारमा पीएसजी नै अघि थियो। तर इन्ज्युरी समयको पनि अन्तिम मिनेटमा नेयमारले उपलब्ध गराएको सानदार पासमा सर्जी रोबर्टोले गोल गरे। र, बार्सिलोनाले ६–५ अन्तरले खेल जित्दै क्वार्टरफाइनलमा प्रवेश गर्यो।

आज पनि कतै त्यही कुरा त दोहोरिने होइन ? पीएसजीलाई चिन्ता छ भने बार्सिलोनालाई आशा छ। तर, २०१७ भन्दा स्थिति फरक छ। मैदान फरक छ। बार्सिलोनाका नेयमार पीएसजीमा छन्, जसले २०१७ मा खेल उल्टाएका थिए। मेस्सी, स्वारेज र नेयमारको ट्रियो बार्सिलोनामा छैन। 

बार्सिलोना र पीएसजीको विगत

च्याम्पियन्स लिग अन्तर्गतका तीन सिजनमा बार्सिलोनाले पीएसजीलाई नकआउट गरेको छ। २०१२–०१३ को क्वार्टरफाइनलको खेलमा ३–३ गोलको बराबरी भएपछि बार्सिलोनाले अवे गोलको आधारमा जित निकाल्दै पीएसजीलाई घर पठाएको थियो।

त्यसपछि बार्सिलोनासँग पीएसजीको २०१४–०१५ मा पनि क्वार्टरफाइनलमै भेट भयो। त्यो खेलमा र बार्सिलोनाले पीएसजीविरुद्ध समग्रमा ५–१ गोलको सानदार जित निकाल्यो। पीएसजी बार्सिलोनासँग दोस्रोपटक पराजित भयो।

र, २०१६–०१७ को अन्तिम १६ मा चौथोपटक। त्यही खेलपछि त हो गेम चेन्जर नेयमार विश्व कीर्तिमानी मूल्य– २२० मिलियन यूरोमा पीएसजी गएका। युरोपियन फुटबल ट्रान्सफर विन्डो नियाल्ने हो भने त्यही खेलले नेयमारलाई फ्रेन्च राजधानी पेरिस पुर्याएको देखिन्छ।

यी दुवै क्लबका इतिहासका पानाहरु पल्टाउँदै जाँदा पीएसजीले बार्सिलोनाविरुद्ध एकपटक जित निकालेको देखिन्छ। जुन १९९४–९५ मा हो। त्यो बेलाको युरोपिनय च्याम्पियनसिपमा पीएसजीले स्पेनिस जायन्टलाई ३–२ गोलले हराएको थियो।

पालो मेस्सीको ... !

अहिलेको हल्ला हेर्दा लाग्छ, कतै यो सिजनपछि बार्सिलोनाका मेस्सी पनि फ्रान्सको पेरिस जाने त होइनन् ? किनभने मेस्सी नेयमारसँग नजिकका साथी हुन्, नेयमार मेस्सीसँग खेल्न चाहन्छन्।  र, मेस्सी साथी भनेपछि हुरुक्कै हुन्छन्।

फरवार्ड लुइस सुआरेजसँगै धेरै खेलाडी बेच्ने भएपछि मेस्सीले पनि पछिल्लो समरमा बार्सिलोना छोड्न चाहेका थिए। पीएसजीले उनलाई अनुबन्ध गर्न चाहेको थियो। यही कुरा सुनाउँदै बार्सिलोना छोड्ने बताउँदा मेस्सीसँगको कुराकानीमा उपस्थित परिवारका सबै सदस्य रोएका थिए।

तर, सो घटनापछि उनले क्लब छोड्ने कुरामा केही बोलेका छैनन्। त्यो घटनापछि सम्झलायक कुरा के छ भने मेस्सीको बार्सिलोनासँगको सम्झौता जारी लिगसँगै सकिँदै छ।

त्यसपछि उनी क्लब छोड्न स्वतन्त्र हुनेछन्। यस्तै, गसिपहरु फ्रान्सका विभिन्न पत्रपत्रिकामा छापिँदै आएका छन्। तर बार्सिलोनामा भर्खरै निर्वाचित भएर आएका जोअन लापोर्तासँग मेस्सीको सम्बन्ध राम्रो छ। उनले मेस्सीलाई बार्सिलोनामै राख्ने बचन दिँदै आएका छन्।

तर सम्झौता नवीकरण भने भइसकेको छैन। त्यसैले मेस्सीलाई पीएसजीमा तान्ने अभियानमा लागेको समयमा बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिग अन्तर्गत आज राति हुने खेल हेर्नलायक रहने छ।

मेस्सी भर्सेस एम्बाप्पे

नेयमारलगायत खेलाडीको अनुपस्थितिले खेलमा खल्लोपन भने अवश्य ल्याउनेछ। त्यसैले आजको खेललाई मेस्सीविरुद्ध एम्बाप्पेको खेलका रुपमा हेरिएको छ।

एम्बाप्पेले पहिलो लेगको खेलमा बार्सिलोनाकै मैदानमा ह्याट्रिक गरेर आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन्। दुई सिजनअघि पनि युरोपियन शीर्ष डिभिजन लिगको गोल्डेन बुट दावेदारीमा मेस्सी र एम्बाप्पेको कडा टक्कर परेको थियो।

त्यो सिजनमा एम्बाप्पेले मेस्सीभन्दा दुई गोल कम स्कोर गरेका थिए। त्यसैले आजको खेललाई मेस्सी भर्सेस एम्बाप्पेको रुपमा हेर्नुपर्ने स्पेनिस मिडियाले लेखेका छन्।

खेल पीएसजीको मैदानमा हुनेछ। यो मैदानमा पीएसजी जितको लय कायम राख्न चाहन्छ। यता बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउटमा खेलेका अन्तिम नौ खेलमा एकमात्र जित निकालेको छ। तीन बराबरी र पाँच हार बेहोरेको छ।

२०१९ मा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हराएपछि उसले पछिल्ला ९ खेलमा तीन गोल मात्र गरेको छ। यता पीएसजीले घरेलु मैदानका अन्तिम २२ खेलमा ६१ गोल गर्दा हरेक खेलमा कम्तिमा एक गोल गरेको छ। 

यदि पीएसजीले आज बार्सिलोनालाई हराउन सके उसले नयाँ इतिहास बनाउनेछ। यता पीएसजीलाई हराउन सके बार्सिलोना लगातार १४ औं पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गर्नेछ। जुन एक रेकर्ड हुनेछ।

बार्सिलोनाले २००६–०७ मा अन्तिम पटक राउन्ड अफ १६ मा लिभरपुलसँग हार बेहोरेपछि क्वारर्टरफाइनलमा पुग्नबाट रोकिएको छैन।

याे पनि... त्यो हारको बदला लिने अवसर
 

प्रकाशित: Mar 10, 2021| 12:04 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।