शुक्रबार, असार २६, २०८३

प्रथम साइनो मेयर कप सुरु

प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता आज बुधबारबाट सुरु भएको छ।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं– प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता आज बुधबारबाट सुरु भएको छ।

चैत ३ गतेसम्म हुने प्रतियोगिताअन्तर्गत ६ विधामा खेल हुँदैछन्। जसमा पुरुष एकल, महिला एकल, पुरुष डबल, भेट्रान्स (पुरुष ४५ वर्षमाथि), बी र सी लेभलका खेल समावेश छन्।

प्रतियोगिताको पहिलो दिन आज ३५ खेल सम्पन्न भएका छन्। प्रतियोगितामा देशभरका दुई सय खेलाडी सहभागी हुने आयोजकले बताएको छ।

पुरुषतर्फको विजेताले रु. ५० हजरा प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार र २० हजार पुरस्कार पाउनेछ। एक महिलातर्फ विजयी हुने खेलाडीले ३० हजार पुरस्कार पाउनेछ। दोस्रो र तेस्रो हुने खेलाडी समान १५–१५ हजार पुरस्कार जित्नेछ।

त्यस्तै, पुरुष डबल्सतर्फको विजेताले ५० हजार पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रोको पुरस्कार ३० हजार र २० हजार रहेको छ।

भेट्रान्स डबल्सतर्फका उपाधि विजेताले ४० हजार, दोस्रोले २५ र तेस्रोले २० हजार पुरस्कार पाउनेछ। बी र सी लेभलका विजेताले ४० हजार पुरस्कार पाउनेछन्। दुवैको प्रवेश शुल्क २५ सय राखिएको थियो। भेट्रान्स डबलको प्रवेश शुल्क २५ सय थियो भने पुरुष डबल्सको तीन हजार थियो।

त्यस्तै, महिला र पुरुष एकलको प्रवेश शुल्क क्रमशः एक हजार र १५ सय थियो।

प्रतियोगिता तारकेश्वर नगरपालिकाको साइनो स्पोर्टस् हलमा भइरहेको छ।
 

प्रकाशित: Mar 10, 2021| 11:45 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।