शुक्रबार, असार २६, २०८३

च्याम्पियन्स लिगमा हाल्यान्डले बनाए रेकर्ड

हाल्यान्डले आफ्नो टिमलाई जित दिलाउँदै युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा पुर्‍याए भने अर्कोतर्फ च्याम्पियन्स लिगमा २० गोल पुर्‍याए।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं - मंगलबार राति बोरुसिया डर्टमन्डका नर्वेजियन फरवार्ड इर्लिङ ब्रउट हाल्यान्डका लागि दुई कुरा महत्त्वपूर्ण रह्यो।

उनले आफ्नो टिमलाई जित दिलाउँदै युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा पुर्‍याए भने अर्कोतर्फ च्याम्पियन्स लिगमा २० गोल पुर्‍याए।

२० वर्षे फरवार्डले गएराति स्पेनिस क्लब सेभियाविरुद्ध ३५ औं मिनेटमा १९ आफ्नो करिअरको १९ औं गोल गरे। 

मार्को रियसको पासमा गरेको त्यो गोल साधारण थियो भने २० औं गोल निकै नाटकीय थियो। जुन उनले पेनाल्टीको अवसरमा गरेका थिए।

उनले पहिला प्रहार गरेको पेनाल्टी रिटेक हुने अवस्थामा पुगेकाले उनले साविकझै बायाँ कुनामा प्रहार गर्दै च्याम्पिन्स लिगका नयाँ रेकर्ड बनाए।

अहिले उनी सबैभन्दा सानो उमेरमा च्याम्पियन्स लिगमा २० गोल गर्ने खेलाडी बनेका छन्। 

उनले १४ खेलमा २० गोल पुर्‍याएका हुन्। त्यस्तै उनी गत वर्ष च्याम्पियन्स लिगको एकै सिजनमा १० गोल गर्ने पहिलो किशोर खेलाडी बनेका थिए।

उनको दोहोरो गोलसँगै २–० गोलले अघि रहेको डर्टमन्डमाथि सेभियाले दुई गोल फर्काएपछि पहिलो लेगको गोलसमेत गरी ५–४ गोलले अघि रहँदै डर्टमन्ड अन्तिम आठमा पुगेको हो।

प्रकाशित: Mar 10, 2021| 06:51 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।