शुक्रबार, असार २६, २०८३

खेलकुदमा बैतडीको महत्त्वपूर्ण योगदान : लेखक

दशरथ चन्द नगरपालिकाद्वारा सञ्चालित मेयर कपको उपाधि वडा नम्बर ४ ले जितेको छ।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

बैतडी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले खेलकुद क्षेत्रमा बैतडीको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्।

बैतडीमा आयोजित मेयर कप क्रिकेटको समापन समारोहमा  लेखकले भने, ‘बैतडीका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई कीर्तिमानी कायम गर्न सफल भएर जिल्लाको गौरव बढाउने काम गरेका छन्।’

उनले खेलाडीहरुले खेल खेल्दा अनुशासनमा बस्ने भएकाले सफलता पाउने बताउँदै खेलाडीबाट राजनीतिकर्मीले पनि अनुशासन सिक्नुपर्ने बताए।

दशरथ चन्द नगरपालिकाद्वारा सञ्चालित मेयर कपको उपाधि वडा नम्बर ४ ले जितेको छ।

विजेता वडा नम्बर ४ को टिमलाई ७५ हजार नगदसहित ट्रफी प्रदान गरिएको थियो। त्यस्तै उपविजेता बनेको वडा नम्बर ५ को टिमलाई नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रकाशित: Mar 10, 2021| 06:37 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।