आइतबार, वैशाख ७, २०८२

पहिलो महिला डेपुटी गभर्नरलाई नजिकबाट चिनौं

पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीएकोे गोल्डमेडलिस्ट हुन् निलम। आफ्नो पढाइ राम्रो भएकाले थप पढ्न पतिले हौस्याएको उनी सुनाउँछिन्।
 |  बुधबार, फागुन २६, २०७७
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, फागुन २६, २०७७

vianetvianet

काठमाडौं– नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा। निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो। दुवैजना झापाका हुन्।

triton college

राष्ट्र बैंकको इतिहासमा पहिलोपटक डेपुटी गभर्नरमा महिला नियुक्त गरिएको हो। ०५४ साल मंसिर २२ गते खुला प्रतिस्पर्धाबाट राष्ट्र बैंकमा सहायक निर्देशकको रुपमा प्रवेश गरेकी ढुंगाना पहिलो महिला कार्यकारी निर्देशक पनि हुन्। 

संयोगवश सरकारले महिला दिवसको भोलिपल्ट डेपुटी गभर्नरमा नियुक्त गरेको छ। निलम राष्ट्रपति विद्यादेवी भण्डारीको पनि रोजाइमा परेको बताइन्छ। डेपुटी नियुक्तिको प्रस्ताव आउँदा प्रधानमन्त्री केपी ओलीले महिला पनि कोही छन् कि भनेर चासो राखेको बताइएको छ। 

राष्ट्र बैंकका गभर्नरको सिफारिसमा अर्थमन्त्रीले प्रस्ताव मन्त्रिपरिषदमा लगेर डेपुटी गभर्नरको नियुक्ति हुन्छ। 

नेपाल राष्ट्र बैंक सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको एकमात्र नियामक निकाय हो। नेपाल सरकारको सल्लाहकारको भूमिकामा पनि हुन्छ राष्ट्र बैंक। केन्द्रीय बैंकको हैसियतमा उसले जारी गर्ने निर्देशनहरु बैंक तथा वित्तीय संस्थाका लागि कानुनसरह हुन्छन्।

National life insurance

केही दिनअघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नरका लागि अन्य तीनसँगै निलमको पनि नाम सिफारिस गरेका थिए। सिफारिस भएकामध्ये उनी सबैभन्दा वरिष्ठ हुन्। डेपुटी गभर्नरमा नियुक्ति हुन आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनका क्षेत्रमा कार्य अनभुव हासिल गरेको हुनुपर्ने व्यवस्था ऐनमा छ ।

राष्ट्र बैंकका विभिन्न विभागमध्ये गभर्नरको कार्यालय, वित्तीय जानकारी इकाइ, आन्तरिक लेखापरीक्षण विभाग र कानुन महाशाखाबाहेक सबै विभाग डेपुटी गभर्नरले नै सम्हाल्नुपर्छ। यसकारण पनि राष्ट्र बैंकको क्षमता अभिवृद्धिका साथै प्रभावकारी नियमन तथा सुपरिवेक्षणमा डेपुटी गभर्नरको भूमिका रहन्छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीएकोे गोल्डमेडलिस्ट हुन् निलम। आफ्नो पढाइ राम्रो भएकाले थप पढ्न पतिले हौस्याएको उनी सुनाउँछिन्। संयुक्त परिवारमा नबसेकोले आफूलाई पढ्न थप सहज भएको अनुभव उनको छ। बीबीए पढ्दै गर्दा उनको बिहे भएको थियो। निलमका श्रीमान् भने प्राध्यापक हन्। 

राष्ट्र बैंकमा सहायक निर्देशकभन्दा माथिको बढुवामा महिला आरक्षण छैन। आफू अब्बल भएकै कारण आरक्षणबिना पनि यो स्थानसम्म आइपुगेको उनी बताउँछिन्। 

उनको अनुभव के छ भने महिलाहरुले आफ्नो काम ध्यान दिएर गर्ने र कहीँ पनि महिला भएकैले पाउने सुविधा प्रयोग नगर्ने हो भने पुरुषभन्दा कम हुँदैनन्। त्यसका लागि घर र अफिस दुवैमा पुरुष भने सहयोगी हुनैपर्छ। महिलाले पनि आफू महिला भएको नाममा सुविधा खोज्न हुँदैन। आफ्नो कर्तव्य पूरा गर्न पछि पर्न हुँदैन, जसका कारण पुरुषले हामीलाई होच्याउने मौका पाउन्। 

‘मैले जागिर खाने समयमा (करिब २३ वर्षअघि) वर्गीय, लिंगीय विभेद कति धेरै थियो। महिलालाई घरबाट बाहिर जान दिँइदैनथ्यो। जति पढे पनि महिलाले कमाउने हैन, घरमा नै काम गर्ने हो भन्ने मानसिकता थियो। म आफैं पढाइमा अब्बल थिएँ तर बीबीए पढ्दापढ्दै बिहे भयो। त्यसपछि पढाइ रोकिने हो कि भन्ने साह्रै चिन्ता लागेको थियो। तर उहाँ (श्रीमान्) ले पढाइलाई निरन्तरता गर्न अनुमति दिएपछि मैले आफ्नो पढाइ पूरा गरें,’ निलम भन्छिन्। उनले मैले फाइनान्समा पीएचडी गरेकी छन्।

पढाइकै क्रममा बच्चा भएपछि एक वर्ष पढाइ छुट्यो। त्यसपछि बच्चा परिवारको जिम्मामा छोडेर जागिर खाने र पढाइलाई निरन्तरता दिने मौका पाएको उनले सुनाइन्। ‘महिला भएकै कारण हेपिनुपरेको अनुभव त छैन तर अगाडि बढ्न नदिन अप्रत्यक्ष रुपमा बाटो छेक्ने प्रयास भने भएको छ,’ उनले सुनाइन्। 

प्रकाशित: Mar 10, 2021| 03:15 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।