शुक्रबार, असार २६, २०८३

कतारमा विमलको शल्यक्रिया

राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगरको खुट्टाको शल्यक्रिया सम्पन्न भएको छ।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं- राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगरको खुट्टाको शल्यक्रिया सम्पन्न भएको छ।

दोहास्थित कतार फुटबलको स्वामित्वमा रहेको अस्पेटार अस्पतालमा मंगलबार विमलको सफल शल्यक्रिया भएको हो।

विमललाई उपचारका लागि एन्फाले माघ पहिलो साता कतार पठाएको थियो। त्यहाँ उनको उपचार अर्थोपेडिक र स्पोर्टस विशेष मेडिसिन अस्पतालमा भइरहेको छ। 

फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटका लागि बन्द प्रशिक्षणमा रहेका विमल मंसिर २८ गतेबाट सुरु गरिएको प्रशिक्षणका क्रममा पुस ३ गते चोटग्रस्त बनेका थिए।

एन्फाले कतार फुटबल संघसँग समन्वय गरेर उनलाई उपचारका लागि पठाएको थियो। उनीसँगै विक्रम लामाको पनि सोही अस्पतालमा उपचार गरिएको थियो।

राष्ट्रिय महिला लिगमा घाइते भएकी फरवार्ड सावित्रा भण्डारीको पनि कतारमै उपचार गराउन एन्फाले पहल गर्ने बताउँदै आएको छ।
 

प्रकाशित: Mar 10, 2021| 01:34 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।