शुक्रबार, असार २६, २०८३

च्याम्पियन्स लिगबाट बाहिरियो युभेन्टस

इटालियन क्लब युभेन्टसलाई हराउँदै पोर्चुगिज क्लब पोर्टो च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं– इटालियन क्लब युभेन्टसलाई हराउँदै पोर्चुगिज क्लब पोर्टो च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति सम्पन्न खेलमा पोर्टोले ३–२ गोलको हार बेहोरेको थियो। तर त्यसअघि पहिलो लेगको खेलमा पोर्टोले २–१ गोलको जित निकालेको थियो।

दुवै खेलको समग्रमा नतिजा ४–४ को बराबरी भए पनि पोर्टोले दुई अवे गोल गरेको र युभेन्टसले एकमात्र अवे गोल गरेपछि अवे गोलका आधारमा पोर्टो अन्तिम ८ मा प्रवेश गरेको हो।

गएराति युभेन्टसका लागि फेडरिको चिइसाले दोस्रो हाफमा दुई गोल गरे भने एड्रिन राबियोटले अतिरिक्त समयमा एक गोल गरे।

त्यस्तै पोर्टोका लागि सर्जियो ओलिभियरले १९ औं मिनेटमा र अतिरिक्त समयमा गोल गरेका थिए।

यता पोर्टोका मेहेदी तारेमी खेलको ५४ औं मनेटमै रातो कार्ड खाँदै बाहिरिएपछि पाहुना टिम १० खेलाडीमा समेटिएको थियो।
 

प्रकाशित: Mar 10, 2021| 01:28 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।