शुक्रबार, असार २६, २०८३

बी डिभिजन लिग :  भगवती र श्रीकुमारीको सुखद् अन्त्य

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत अन्तिम चरणका खेल अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन्।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं– सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत अन्तिम चरणका खेल अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन्।

आजको पहिलो खेलमा जित निकाल्दै श्री भगवती क्लबले लिगको सुखद् अन्त्य गरेको छ। उसले अन्तिम खेलमा बोइज युनियन क्लबलाई २–१ गोलले हराउँदै लिगका सुखद् अन्त्य गरेको हो।

कोरोना महामारीका कारण बीचमा लामो समय रोकिएको लिगमा भगवती क्लबले ११ खेलबाट चार जित र तीन बराबरी खेल्दै १५ अंक जोड्यो।

ऊ अहिले पाँचौ स्थानमा छ। यता पराजित बोइज युनियन अन्तिम खेलमा पराजय भोगे पनि पाँच जित र दुई बराबरीका साथ १७ अंक बनाएर तेस्रो स्थानमा छ।

आजको अन्तिम खेलमा भगवतीका लागि नवराज गुरुङ र उर्गेनले गोल गरे। यता बोइज युनियनका टंक बहादुर सिङ्दनले एक गोल फर्काए।

त्यस्तै, आजै सम्पन्न अर्को खेलमा श्रीकुमारी क्लबले टुसाल युथ क्लबविरुद्ध ४–० गोलको जित निकाल्दै उसले पनि लिगमा सुखद् अन्त्य गरेको छ।

कुमारीका लागि आशिष राईले दुई गोल गरे भने विवेक पुन र सन्तोष कुमार सिंहले समान १,१ गोल गरे।

आजको जितसँगै कुमारीले चार जित र दुई बराबरीबाट १४ अंक जोडेको छ। ऊ लिगको छैटौं स्थानमा छ। तर त्यसपछि रहेका आरसीटी, मध्यपुर र नयाँबस्तीले जित निकालेको खण्डमा कुमारी नवौं स्थानसम्म झर्न सक्नेछ।

त्यस्तै, अन्तिम खेलमा पराजित टुसाल ११ खेलबाट दुई जित र तीन बराबरी खेल्दै ६ अंक जोडेर लिगको पुछारबाट दोस्रो स्थानमा छ।

अन्तिम खेलमा पुल्चोकले जित निकालेको अवस्थामा टुसाल अन्तिममा रहने छ। अहिले टुसालको छ अंक छ भने पुल्चोकको पाँच अंक छ। पुल्चोकले एक खेल खेल्न बाँकी छ।
 

प्रकाशित: Mar 09, 2021| 13:08 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।