शुक्रबार, असार २६, २०८३

ललितपुर मेयर कप महिला क्रिकेटमा महानगरले २० लाख दिने

ललितुपर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिता चैतमा आयोजना हुने भएको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं– ललितुपर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिता चैतमा आयोजना हुने भएको छ।

ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुर महानगर र नेपाल क्रिकेट संघ (क्यान)बीच चैतमा ललितपुर मेयर कप गर्ने सम्झौता सम्पन्न भएको हो।

मेयर कपका लागि ललिपुरले क्यानलाई २० लाख रकम उपलब्ध गराउने भएको छ। सम्झौतापत्रमा हस्ताक्षर गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटलाई प्रवद्र्धन गरेकोमा ललितपुर महानगरलाई धन्यवाद व्यक्त गरेका छन्।

‘हामीले ललितपुरलाई सहयोग मागेलगत्तै सहयोग भएको छ। यसले महिला क्रिकेटको विकासमा थप विकास पुग्नेछ,’ उनले भने, ‘काठमाडौं मेयर कप जस्तै महिला पीएम कपको सेमीफाइनलमा पुगेको चार टिम र बाँकी टिमका उत्कृष्ट खेलाडी छनोट गरेर पाँच टिम बनाएर ललितपुर मेयर कप गराउने भएका छौं’

यससँगै ललितपुरमा महिला कप क्रिकेटमा विभागीय टिम एपीएफसहित तीन प्रदेशिक टिम प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम छन्। बाँकी एक टिम भने पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले सहभागिता जनाउनेछन्।

सम्झौतापछि ललितपुरका मेयर महर्जनले क्रिकेट जानकार नभए पनि महानगरले खेलकुदमा सहयोग गर्दै आएको बताएका छन्। क्रिकेटका अलावा फुटबल टिमलाई पनि सहयोग गरेको बताएका छन्।

‘फुटबलमा राष्ट्रिय प्रतियोगिता जितेर आएर उत्कृष्ट पुरस्कारको व्यवस्था गरेका छौं। हामीले गत वर्ष भलिबल प्रतियोगिता पनि आयोजना गरेका छौं,’ उनले भने, ‘काठमाडौंले मेयर कप गरेलगत्तै हामीले पनि के गर्ने भन्ने दोधार थियो। तर क्यानबाट प्रस्ताव आएपछि हामीले त्यो एप्रुभ गर्यौँ।’

उनले महिला क्रिकेटमा आगामी वर्षमा पनि सहयोग गर्ने बताएका छन्।

यसअघि क्यानले काठमाडौं महानगरसँगको समन्वयमा काठमाडौं मेयर कप आयोजना गरिरहेको छ। उक्त कपको लागि काठमाडौंले क्यानलाई ५० लाख रकम उपलब्ध गराएको थियो।

सम्झौतामा उपस्थित महानगर उपप्रमुख गीता सत्यालले भनिन्, ‘खेललाई प्रवर्द्धन गर्नका लागि महानगरले सहयोग गरेको हो। यसले अन्य महिला खेलाडीलाई पनि क्रिकेटमा लाग्नका लागि प्रेरणा दिनेछ।’

प्रकाशित: Mar 09, 2021| 09:34 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।