आइतबार, चैत १, २०८२

दोस्रो जितपछि पुलिस मेयर कपको फाइनल नजिक

काठमाडौं मेयर कपअन्तर्गत मूलपानी क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले हराएको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं– काठमाडौं मेयर कपअन्तर्गत मूलपानी क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले हराएको छ।

National life

टस जितेर ब्याटिङ राजेको आर्मीलाई ३० ओभर एक बलमा स्तब्ध बनाउँदै ८७ रनमा समेटेपछि पुलिसले सहज लक्ष्य पाएको थियो। जवाफी ब्याटिङमा पुलिसले १८ ओभर तीन बल खेल्दै सात विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

आर्मीका बलर साहब आलको घातक बलिङले पनि पुलिसलाई निर्धारित लक्ष्य पूरा गर्नबाट रोक्न सकेछ। ९ ओभर बलिङ गरेका आलमले एक मेडन राख्दै सात विकेट सात विकेट गिराएका थिए।

आर्मीको घातक बलिङका बाबजुद सुनिल धमलाले ३९ रन बनाए भने पवन सर्राफले अविजित २२ रन जोडे। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

पहिलो इनिङमा पनि घातक बलिङ गरेको पुलिसका अघि आर्मीका सोमपाल कामी, राजु रिजाल, हरि चौहान, राजेश पुलामी, कुशल मल्ल, शुसन भारी र विनो भण्डारीले जोर अंकमा रन बनाउन सकेनन्।

Laxmi sunrise bank
kumari

त्यसमा कुशल मल्ल शून्य रनमै आउट भए भने शुसन भारीले एक रन बनाए। आर्मीका लागि लोकेश बलले सर्वाधिक ३२ रन बनाए। रोहित पौडेल र विक्रम शोबले क्रमशः १३ र १४ रन जोडे।

यता टस हारेर बलिङ गरेको पुलिसका सागर ढकालले दुई मेडन राख्दै पाँच विकेट गिराए। चारको इकोनोमी प्रदान गरेका ढकालले १० ओभरमा ४० रन दिए।

त्यस्तै, अर्का बलर पवन सर्राफले तीन मेडन राख्दै तीन विकेट लिए। उनले पनि १० ओभर बलिङ गर्दै एक दशमलव चारको इकोनोमी प्रदान गरे।
पुलिसका ललित राजवंशीले दुई विकेट गिराए।

आजको जितसँगै पुलिसले दुई जितसहित चार अंक जोडेको छ भने आर्मीले दुई हारसहित दुई अंक बनाको छ। यसकारण पुलिसले फाइनल यात्रालाई थप सहज बनाएको छ।

उसले अर्को खेलमा काठमाडौं मेयर्स ११ लाई हराउन सके फाइनल प्रवेश गर्नेछ। तर आर्मीको फाइनल यात्रा भने पुलिस र काठमाडौंको जित वा हारसहित उसको अन्तिम खेलमा निर्भर रहनेछ।
 

प्रकाशित: Mar 09, 2021| 07:48 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।