शुक्रबार, असार २६, २०८३

लगातार हारबाट जोगिन एपीएफलाई बाग्मतीको चुनौतीपूर्ण लक्ष्य

जारी काठमाडौं मेयर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा बाग्मती प्रदेशले अपराजित एपीएफ क्लबलाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काडमाडौं– जारी काठमाडौं मेयर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा बाग्मती प्रदेशले अपराजित एपीएफ क्लबलाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सुरुआती दुई खेलमा हार बेहोेरेर जित्नैपर्ने दबाबमा रहेको बाग्मतीले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर २३३ रन बनाएपछि एपीएफले २३४ रनको लक्ष्य पाएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीका कप्तान ज्ञानेन्द्र मल्लले ५७ रन बनाउँदा पारस खड्कासँग ४९ रनको साझेदारी गरेका थिए।

एपीएफसामु प्रतिस्पर्धात्मक लक्ष्य पेश गर्नका लागि नन्दन यादवले  ६० रनको अर्धशतकीय पारी खेले। घरेलु एक दिवसीय क्रिकेट प्रतियोगितामा नन्दन यादवको यो सर्वाधिक रनसमेत हो।

त्यस्तै, ब्याट्सम्यान खड्काले पनि २९ रन बनाए। पृथु बास्कोटाले उत्कृष्ट प्रदर्शन गर्न नसकेको खेलमा इशान पाण्डेले ३१ रन बनाए भने आदिल खानले ३४ रन बनाए।

बलिङतर्फ अमर रौटेला र किशोर महतोले समान २–२ विकेट गिराए भने अभिनाष बोहरा र वसन्त रेग्मीले समान १–१ विकेट लिए।

आजको खेलमा एपीएफले जित निकाल्न सके विभागीय टिम फाइनलमा पुग्नेछ भने बाग्मती प्रतियागिताबाट बाहिरिने छ। तर जित बाग्मतीको पक्षमा भए फाइनलका लागि बाँकी रहेका खेलको प्रतीक्षा गर्नुपर्ने हुन्छ।
 

प्रकाशित: Mar 09, 2021| 07:34 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।