शुक्रबार, असार २६, २०८३

मेयर कपमा निर्णायक खेल हुँदै

काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं - काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगिताको छैटौं खेलमा बागमती प्रदेशले विभागीय टिम एपीएफसँग प्रतिस्पर्धा गर्नेछ।

यो खेल दुवै टिमका लागि महत्त्वपूर्ण रहने छ। किनभने बागमती पछिल्ला दुवै खेलमा हार बेहोरेर तालिकाको पुछारमा छ। यता एपीएफले पछिल्ला दुवै खेलमा जित निकाल्दै  तालिकाको शीर्षस्थानमा छ।

यसकारण आजको खेलमा पनि बागमती पराजित भए उसको फाइनल यात्रामा ब्रेक लाग्ने पक्काजस्तै छ। र, लिगचरणबाटै बाहिरिनेछ। 

बागमतीलाई हराउँदै एपीएफले खेल जितेमा उसले फाइनलमा स्थान पक्का गर्नेछ।

तर, त्यसो नभएर बागमतीले खेल जितेको अवस्थामा फाइनल पुग्ने टिमका लागि बाँकी खेल पर्खर्नुपर्ने हुन्छ।

मूलपानी मैदानमा हुने प्रतियोगिताको सातौं र आजको दोस्रो खेलमा विभागीय डर्बी नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन्।

यो खेल दुवै टिमका लागि महत्त्वपूर्ण रहने छ। किनभने दुवै टिमले समान एक जित र एक हार बेहोरेका छन्। दुवै टिमलाई एपीएफले हराएको थियो।

आजको खेलमा पराजित हुने टिमको लागि फाइनल यात्रा कठिन बन्ने छ। अन्य क्लबमा भर पर्नुपर्ने हुने छ। तर, जित निकाल्ने टिमका लागि फाइनल पुग्न मात्र एक खुड्किलो बाँकी रहने छ।

यसकारण आजको खेलले फाइनल पुग्ने टिमको सम्भावित नतिजा प्रदान गर्नेछ।

प्रकाशित: Mar 09, 2021| 03:08 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।