शुक्रबार, असार २६, २०८३

इन्टर मिलान सिरी ए मा थप शक्तिशाली बन्दै

इटालियन फुटबलको लिगलिडर इन्टर मिलान सिरी ए मा थप शक्तिशाली बनेको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं – इटालियन फुटबलको लिगलिडर इन्टर मिलान सिरी ए मा थप शक्तिशाली बनेको छ।

सोमबार रातिको खेलमा अर्को बलियो क्लब एटलान्टालाई १–० गोलले हराएपछि उसले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको हो।

गएराति जित निकाल्ने क्रममा इन्टरका स्किरन्करले निर्णायक गोल गरे। 

त्यसपहिले दुवैतर्फबाट गोल हुन नसकेपछि पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो।

दोस्रो हाफको ९ मिनेटपछि उनले कुनाबाट प्रहार गरेको बलले एटलान्टाको नेट चुमेपछि इन्टरले अग्रता बनायो।

यता उत्कृष्ट डिफेन्सलाई तोड्दै इन्टरको पोस्टमा एटलान्टाले गोल गर्न नसक्दा उसले शीर्षस्थानमा ६ अंकको अग्रता कायम गर्न सक्यो।

प्रशिक्षक एन्टोनी कोन्टेको टिमले अहिले लगातार सात खेलमा जित निकालेर लिगको उपाधितर्फ अघि बढ्न प्रेरणा मिलेको छ। उसले २०१० यता सिरी ए उपाधि जितेको छैन।

गत वर्ष पनि ऊ युभेन्टसभन्दा एक अंकले पछि पर्दै उपविजेता बनेको थियो। यता पराजित एटलान्टा लिगको पाँचौं स्थानमा छ।

प्रकाशित: Mar 09, 2021| 02:26 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।