शुक्रबार, असार २६, २०८३

चेल्सीको जितमा हाभार्टज पर्दापछिका नायक

जर्मन विंगर कई हाभार्टजको निर्णायक भूमिका रहेको खेलमा चेल्सीले एभर्टनविरुद्ध २–० गोलको जित निकालेको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं – जर्मन विंगर कई हाभार्टजको निर्णायक भूमिका रहेको खेलमा चेल्सीले एभर्टनविरुद्ध २–० गोलको जित निकालेको छ।

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा चेल्सीले घरेलु स्टामफर्ड ब्रिज रंगशालामा एभर्टनलाई हराउँदा हाभार्टजको भूमिका महत्त्वपूर्ण रह्यो।

३१ औं मिनेटमा उनले प्रहार गरेको सुटबाट एभर्टनका बेन गोडफ्रेले आत्मघाती गोल गरेपछि चेल्सीले पहिलो हाफमै अग्रता बनायो।

त्यस्तै दोस्रो हाफमा पनि उनले चेल्सीलाई पेनाल्टी दिलाए। पेनाल्टीमा पाएको अवसरलाई सदुपयोग गर्दै जर्गिन्होले ६५औं मिनेटमा गोल गरेपछि चेल्सी दोहोरो अग्रताको अवस्थामा पुगेको थियो।

चेल्सीको मैदानमा पाहुना टिमले कुनै गोल फर्काउन सकेन। यससँगै प्रशिक्षक थोमस टुचेलको अपराजित यात्रा कायम रहन सफल भएको छ।

२१ वर्षे हभार्टज ७१ मिलियन पाउन्डमा जर्मन क्लब बायर लेवरकुसनबाट लन्डन क्लबमा अनुबन्ध भएका थिए। गत सेम्टेम्बरमा अनुबन्ध भएयता उनले प्रिमियर लिगमा एकमात्र गोल गर्न सफल भएका छन्।

‘म कईसँग निकै कुसी छु। यो हामीले उनीप्रति देखाएको विश्वास पनि हो,’ खेलपछि प्रशिक्षक टुचेलले भने, ‘उनीसँग आक्रामक खेल्न सक्ने क्षमता छ।’

टुचेलले चेल्सीको टिम सम्हाले यता चेल्सीले हार बेहोरेको छैन। फ्रांक लाम्पार्डले चेल्सी छोडेपछि चेल्सी ११ खेलसम्म अनबिटन छ।

हाभर्टजले गरेको गोल ह्यान्डबल भएपछि सो गोललाई रेफ्रीेले मान्यता दिएका थिएनन्। त्यस्तै, पेनाल्टीको सामना गरेका एभर्टनका गोलकिपर जार्डन पिकफर्डले उनको धेरै प्रहार ब्लक गरेपछि चेल्सी स्कोरिङमा अघि बढ्न चुकेको थियो।

यो जितसँगै टुचेलका टिम ईपीएल तालिकाको चौथो स्थानमै छ। जुन च्याम्पियन्स लिगको अन्तिम क्वालिफाइङ स्टेज हो।

१० लिग खेल बाँकी रहँदा चेल्सी शीर्षस्थानको सिटीभन्दा १५ अंक पछि छ। यता पराजित एभर्टन ४६ अंकका साथ छैटौं स्थानमा छ।

प्रकाशित: Mar 09, 2021| 02:20 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।