शनिबार, असार २७, २०८३

महिला कबड्डीको उपाधि साइनिङलाई

साइनिङ स्टुडेन्ड एकेडेमीले महिला कबड्डी प्रतियोगिताको उपाधि जितेको छ।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं– साइनिङ स्टुडेन्ड एकेडेमीले महिला कबड्डी प्रतियोगिताको उपाधि  जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा साेमबार भएको प्रतियोगिताको फाइनलमा साइनिङले चमतिलाई ३५–१६ ले पराजित गर्‍यो।

उपाधिसँगै साइनिङले १५ हजार नगद पुरस्कार प्राप्त गर्‍यो भने चमतिले १० हजार नगद पुरस्कार हात पार्‍यो।

अखिल नेपाल कबड्डी संघद्वारा १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित प्रतियोगितामा बागेश्वरी र पद्यमकन्या संयुक्त रुपमा तेस्रो भए । दुवैले पाँच हजारका दरले नगद पुरस्कार पाए।

विजेतालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतो, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

एकदिने प्रतियोगितामा चार टिम सहभागी थिए।

प्रकाशित: Mar 08, 2021| 13:15 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।