शनिबार, असार २७, २०८३

बी डिभिजन विजेता सातदोबाटोको पहिलो हार

सहिद स्मारक बी डिभिजन लिगको विजेता बन्दै ए डिभिजनमा बढुवा भइसकेको सातदोबाटो युथ क्लबले पहिलो हार बेहोरेको छ।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं- सहिद स्मारक बी डिभिजन लिगको विजेता बन्दै ए डिभिजनमा बढुवा भइसकेको सातदोबाटो युथ क्लबले पहिलो हार बेहोरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले मध्यपुर युथ क्लबसँग २–१ गोलको हार बेहोरेको हो।

मध्यपुरको जितका लागि कैलाश लामिछाने खत्री र सन्नी लामाले समान १–१ गोल गरे। यता सातदोबाटोका लागि माल्डिना आङथुपुले एक गोल फर्काए।

खेलको २६ औं मिनेटमा कैलाशले गोल गरेपछि मध्यपुरले अग्रता बनाएसँगै पहिलो हाफमा ऊ एक गोलले अघि रह्यो। दोस्रो हाफको ५० औं मिनेटमा माल्डिनाले गोल गरेपछि खेल १–१ को बराबरी भएको थियो।

तर, ५८ औं मिनेटमा सन्नीले गोल गरेपछि मध्यपुरले २–१ को अग्रता बनायो। तर त्यसपछि खेलमा कुनै गोल नबनेपछि लिगविजेता सातदोबाटो पराजित भएको हो।

हारका बाबजुद सातदोबाटोले लिगमा १० खेलमा २५ अंक बनाएको छ यता विजेता मध्यपुरले १० खेलबाट १३ अंक जोडेको छ।

प्रकाशित: Mar 08, 2021| 11:05 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।