शनिबार, असार २७, २०८३

त्रिभुवन आर्मीलाई काठमाडौं मेयर–११ को सामान्य लक्ष्य

प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटको विजेता त्रिभुवन आर्मी क्लबले युवा स्टारले भरिएको टिम काठमाडौं मेयर–११ लाई सस्तैमा रोकेको छ।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं– प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटको विजेता त्रिभुवन आर्मी क्लबले युवा स्टारले भरिएको टिम काठमाडौं मेयर–११ लाई सस्तैमा रोकेको छ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले पूरै ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १५५ रन बनाएपछि आर्मीले १५६ रनको लक्ष्य पाएको हो। 

काठमाडौंका लागि सौरभ खनालले ४२ रन जोडे भने सन्दीप रजालीले ३७ रन बनाए। सन्दीप लामिछानेले दुई छक्कासहित १३ रन जोडे। 

त्यस्तै खड्क बोहराले १९ र अरिशंकर शाहले १८ रन प्रहार गर्दा काठमाडौंलाई अतिरिक्ति  २० रन प्राप्त भयो।

बलिङतर्फ आर्मीका शाहब आलमले चार विकेट गिराए भने जितेन्द्र मुखियाले तीन विकेट लिए। त्यस्तै, कुशल मल्ल र सोमपाल काकीले एक–एक विकेट लिए।
 

प्रकाशित: Mar 08, 2021| 07:19 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।