शनिबार, असार २७, २०८३

सात टिम सम्मिलित एन्फा प्रेसिडेन्ट लिगको तालिका सार्वजनिक

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी चैत २ गतेबाट सुरु हुने एन्फा पे्रसिडेन्ट लिगको तालिका सार्वजनिक गरेको छ।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी चैत २ गतेबाट सुरु हुने एन्फा प्रेसिडेन्ट लिगको तालिका सार्वजनिक गरेको छ।

सात टोली सम्मिलित लिगका सम्पूर्ण २१ खेल नेपालगञ्जमा सञ्चालन हुनेछ।

प्रतियोगितामा सैनिक फुटबल क्लब, मनकामना युवा क्लब, धादिङ समाज, त्रिवेणी क्लब, धम्बोझी स्पोर्ट्स क्लब, लेकाली युवा क्लब, स्टार सिटी युवा क्लब सहभागी हुने भएका छन्। 

कोरोना महामारीका कारण प्रभावित बनेपछि एन्फा प्रेसिडेन्ट लिग एक वर्ष पछि सरेको हो।

लिगको पहिलो खेलमा मनकामनाले स्टार सिटीसँग खेल्ने छ। त्यस्तै चैत १५ गते हुने अन्तिम खेलमा स्टार सिटीले त्रिवेणीसँग खेल्नेछ।

प्रेसिडेन्ट लिगको शीर्ष चारमा रहेका टिमले राष्ट्रिय लिग खेल्ने पाउने छन्। 

गत वर्ष प्रेसिडेन्ट लिग नहुने सम्भावना बढेपछि एन्फाले राष्ट्रिय लिग नयाँ क्यालेन्डरमा राखेको थिएन।

तर, एन्फाले प्रेसिडेन्ट लिग गरेपछि राष्ट्रिय लिग पनि गर्ने भएको हो।

राष्ट्रिय लिगमा ए डिभिजन लिगको शीर्षस्थानमा रहेका ६ टिम र प्रेसिडेन्ट लिगका चार गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Mar 08, 2021| 06:15 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।