शनिबार, असार २७, २०८३

काठमाडौं–११ पीएम कप विजेता आर्मीसँग भिड्दै

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं मेयर–११ ले प्रधानमन्त्री कपको विजेता त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दै छ।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं – काठमाडौं मेयर कप क्रिकेटअन्तर्गत आज एक खेल हुँदै छ।

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं मेयर–११ ले प्रधानमन्त्री कपको विजेता त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दै छ।

मेयर कपमा ती दुवै टोलीलाई उपाधि दाबेदारका रुपमा हेरिएको छ। तर आर्मीले पहिलो खेलमै अर्को बलियो टिम एपीएफसँग एक विकेटको हार बेहोरेको थियो।

यस कारण फाइनलमा स्थान बनाउन आर्मीलाई बाँकी खेल जित्नैपर्ने दबाब छ।

युवा स्टार खेलाडीले भरिएको टिमलाई ग्लोबल स्टार सन्दीप लामिछानेले कप्तानी गरिरहेका छन्। उनको टिमले आइतबारको खेलमा ज्ञानेन्द्र मल्लाको कप्तानीमा रहेको बागमती प्रदेशलाई ९४ रनले हराएको थियो।

यस कारण नयाँ खेलाडीको टिम उत्साहका साथ उपाधि फाइनलमा पुग्ने दाउमा हुनेछ।

आजको खेल निकै प्रतिस्पर्धात्मक बन्नेछ। काठमाडौं मेयर ११ को दुई अंक छ भने आर्मी अंकविहीन छ।

प्रकाशित: Mar 08, 2021| 03:18 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।