आइतबार, चैत १, २०८२

टोटेनहमको जितमा खुलेका बेल

क्रिस्टल प्यालेसविरुद्ध घरेलु मैदानमै ४–१ गोलको जित निकाल्ने क्रममा बेल र केनले सो गोल गरेका हुन्।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमडौं – इंग्लिस प्रिमियर लिग(ईपीएल)अन्तर्गत आइतबार राति सम्पन्न खेलमा टोटेनहम हट्स्परको सानदार जितका लागि ग्यारेथ बेल र ह्यारी केनले समान २–२ गोल गरे।

National life

क्रिस्टल प्यालेसविरुद्ध घरेलु मैदानमै ४–१ गोलको जित निकाल्ने क्रममा बेल र केनले सो गोल गरेका हुन्।

यससँगै स्पेनिस क्लब रियल मड्रिडमा खेलका लागि संघर्ष गरिरहेका ग्यारेथ बेल त्यहाँबाट लोनमा इंग्ल्यान्ड पुगेपछि प्रिमियर लिगमा आफ्नो उत्कृष्ट खेल प्रस्तुत गरिरहेका छन्।

चोटका कारण उनले जारी सिजनको सुरुमा कम अवसर पाए पनि पछिल्ला खेलहरूमा उत्कृष्ट पुनरागमन गरे। गएरातिको खेलमा टोटेनहमका लागि सुरुआती दुई गोल नै बेलले गरे।

यससँगै बेलले जारी सिजनको प्रिमियर लिगमा पाँच गोल गरेका छन्। त्यस्तै सबै खेलमा गरी टोटेनहमका तर्फबाट १० गोल र तीन एसिस्ट गरिसकेका छन्।

Laxmi sunrise bank
kumari

गएराति टोटेनहमको जितका लागि बेलले २५ औं मिनेटमा पहिलो गोल गरे। तर पहिलो हाफको इन्ज्युरी समयमा क्रिस्टलका क्रिस्टियन बेनेटेकले गोल गरेपछि पहिलो हाफ बराबरीमा रोकिएको थियो।

दोस्रो हाफको ४९ औं मिनेटमा गोल गरेका बेलले पुनः टोटेनहमलाई अग्रता दिलाए।

त्यसपछि खेलको ५२ औं र ७६ औं मिनेटमा केनले गोल गरेपछि टोटेनहमले ४–१ गोलअन्तरले खेल जित्यो।

यो जितसँगै टोटेनहम छैटौं स्थानमा छ। ऊ शीर्ष चारमा रहेको चेल्सीभन्दा दुई अंक मात्र पछि छ। यसकारण ऊ अझैसम्म चौथो स्थानका लागि संघर्ष गरिरहेको छ।

यता पराजित क्रिस्टल प्यालेस १३ औं स्थानमा छ।

प्रकाशित: Mar 08, 2021| 02:29 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।