शनिबार, असार २७, २०८३

सिटीको अपराजित यात्रामा विराम

इंग्लिस प्रिमियर लिग (ईपीएल) को लिगलिडर म्यानचेस्टर सिटीको अपराजित यात्रामा विराम लागेको छ।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं – इंग्लिस प्रिमियर लिग (ईपीएल) को लिगलिडर म्यानचेस्टर सिटीको अपराजित यात्रामा विराम लागेको छ।

आइतबार राति सम्पन्न म्यानचेस्टर डर्बीमा सिटीलाई घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडले हराएको हो।

लगातार २१ खेलको अपराजित यात्रा गरेको सिटीलाई उसकै मैदानमा हराए पनि घरेलु टिमलाई उपाधिबाट टाढा राख्न गाह्रो रहेको युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले बताएका छन्।

यता गएरातिको खेलमा हार बेहोरे पनि लिगलिडर सिटी दोस्रो स्थानको युनाइटेडभन्दा स्पष्ट ११ अंक अघि छ।

उता २२ अवे खेलमा अपराजित युनाइटेडले गएराति सिटीविरुद्ध दोस्रो मिनेटमै गोल गर्‍यो। खेलको १०१ सेकेन्डमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत् गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए।

यो अग्रतासँगै पहिलो हाफमा युनाइटेड एक गोलले अघि रह्यो। यता दोस्रो हाफमा पनि सिटीले भने गोल गर्न सकेन।

बरु मार्कस रासफर्डको पासमा लुके शले गोल गरेपछि युनाइटेडले ५० औं मिनेटमै दोहोरो अग्रता बनायो।

युनाइटेडको तुलनामा दोब्बर समय सिटीले बलमा कब्जा जमाए पनि प्रहार युनाइटेडको पोस्टमा पुग्न नसक्दा उसले स्कोर गर्न सकेन। सिटीको २३ प्रहारमध्ये ६ प्रहार सही ठाउँमा गए पनि गोल बन्न सकेन।

यता समान ६ बटा सही प्रहार गरेको युनाइटेडले भने बललाई दुईपटक नेट चुमाउँदै खेल जित्यो।

पछिल्ला दुई खेलमा गोल गर्न नसकेको युनाइटेडले सिटीविरुद्ध जित निकालेपछि प्रशिक्षक सोल्सायरले आफ्नो टिम पछिल्लो सिजनको भन्दा बलियो भएको महसुस गरेको बताएका छन्।

‘हामी तेस्रो स्थानमा थियौं। दोस्रोमा आउनुपर्ने थियो। साथै हामी गत वर्षको भन्दा राम्रो भएर आएका छौं,’ उनले भने।

प्रकाशित: Mar 08, 2021| 02:22 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।