शनिबार, असार २७, २०८३

अन्तर्राष्ट्रिय जुनियर कराते फागुन अन्तिमदेखि

नेपाल सितोरियो कराते संघ ठमेल शाखा डोजोको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता हुने भएको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं- नेपाल सितोरियो कराते संघ ठमेल शाखा डोजोको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता हुने भएको छ।

दुई दिने प्रतियोगिता फाल्गुन २८ गतेदेखि संचालन हुने डोजो प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिए।

काठमाडौंको लैनचौरस्थित टेबल टेनिस कभर्डहलमा हुने प्रतियोगितामा ५९० खेलाडी सहभागी हुने आयोजकले बताएको छ।

जसमा नेपालका ४००, भारतका १८० र बंगलादेशका १० जना खेलाडीको सहभागिता रहने प्रमुख श्रेष्ठले बताए।

प्रतियोगितामा अफिसियल करातको कुमुतेतर्फ महिला र पुरुषका २० केजी तौल समूहदेखि ६५ केजी तौल समूहसम्म १०–१० विधा समावेश गरिएको छ।

त्यस्तै किक बक्सिङतर्फ ५० केजीदेखि ६० केजीसम तीन–तीन विधा समावेश गरिएको छ।

प्रतियोगिताका क्रममा वडा २६ अन्तर्गतका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: Mar 07, 2021| 12:26 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।