आइतबार, चैत १, २०८२

मेयर कपमा एपीएफको लगातार दोस्रो जित

जारी काठमाडौं मेयर कपअन्तर्गत त्रिवि मैदानमा सम्पन्न खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले एक विकेटको जित निकालेको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं- जारी काठमाडौं मेयर कपअन्तर्गत त्रिवि मैदानमा सम्पन्न खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले एक विकेटको जित निकालेको छ।

National life

टस जितेर ब्याटिङ राजेको पुलिसल पुरा ओभर खेल्दै ७ विकेट गुमाएर २५८ रन बनाएपछि एपीएफले २५९ रनको लक्ष्य पाएको थियो। जवाफी ब्याटिङमा एपीएफले एक बल बाँकी रहँदा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेपछि एक विकेटको जित निकालेको हो।

जितका लागि एपीएफका सन्दीप जोराले सर्वाधिक ६१ रनको अर्धसतकीय पारी खेले। त्यस्तै, सुवास खकुरेलले ५० रनको अर्धसतकीय पारी खेले।

आसिफ शेखले ४२, सुमित महर्जनले अविजित ३३ र सरद भेषावकरले २० रन बनाए।

पुलिसका लागि पवन सर्राफले पाँच विकेट गिराए भने योगेन्द्र सिंह कार्कीले दुई विकेट लिए। त्यस्तै, ललित राजवंशी र दीपेन्द्र सिहं ऐरी समान १-१ विकेट गिराए।

Laxmi sunrise bank
kumari

त्यसअघि पहिलो इनिङमा पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले १४० रनको सतकीय पारी खेले। उनले १३१ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए। साथै सुनिल धमलाले ३३, पवन सर्राफले ३५ र अनिल शाहले १८ रन जोडे।

बलिङतर्फ एपीएफका कप्तान शरद भेषवकरले तीन विकेट गिराए भने अमर रौटेला र अविनाश बोहराले समान १–१ विकेट लिए।

यससँगै एपीएफले लगातार दुई खेलमा जित निकाल्दै चार अंक जोडेको छ। यता पहिलो खेलमा बागमतीविरुद्ध जित निकालेको पुलिसले दोस्रोमा हार बेहोर्दै दुई अंक बनाएको छ।

प्रकाशित: Mar 07, 2021| 12:00 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।