शनिबार, असार २७, २०८३

बी डिभिजन लिगमा श्रीकुमारीको जित

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (आइतबार) सम्पन्न पहिलो खेलमा श्रीकुमारी क्लबले जित निकालेको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं- सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (आइतबार) सम्पन्न पहिलो खेलमा श्रीकुमारी क्लबले जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा श्रीकुमारीले नयाँबस्ती क्लबलाई ४-३ गोलले हराउँदै जित निकालेको हो।
श्रीकुमारीको जितका लागि आशिष राईले २ गोल गरे भने पेम्बा योल्मु र विवेक पुनले समान १-१ गोल गरे।

खेलको ११ औं मिनेटमा श्रीकुमारीलाई अग्रता दिलाउन आशिषले सुरुवाती गोल गरे भने २१ औं मिनेटमा विवेक गुरुङले नयाँबस्तीका तर्फबाट गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफको अन्तिम समयमा नयाँबस्तीका साजन राईले गोल गरेपछि दोस्रो हाफ २-१ बाट सुरु भयो।

त्यसपछि पेम्बा, विवेक र आशिषले गोल गर्दै विजेता टिमलाई ४-२ गोलको अग्रतामा पुर्‍याए। इन्ज्युरी समयमा नयाँबस्तीका सुमन राईले गोल फर्काएपछि खेल ४-३ गोलको नजितामा सकियो।

आजको जितसहित श्रीकुमारीले ११ अंक जोडेर आठौँ स्थानमा उक्लिएको छ। पराजित नयाँबस्ती १२ अंकका साथ छैटौँ स्थानमा छ।

प्रकाशित: Mar 07, 2021| 11:46 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।