आइतबार, चैत १, २०८२

बाग्मतीको लगातार दोस्रो हार, काठमाडौं मेयर–११ को सानदार जित

काठमाडौं मेयर कपको मुख्य स्पोन्सर काठमाडौं महानगरपालिकाको नाममा सम्मिलित काठमाडौं मेयर–११ टिमले बाग्मती प्रदेशलाई ९४ रनले हराएको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं– काठमाडौं मेयर कपको मुख्य स्पोन्सर काठमाडौं महानगरपालिकाको नाममा सम्मिलित काठमाडौं मेयर–११ टिमले बाग्मती प्रदेशलाई ९४ रनले हराएको छ।

National life

२४५ रनको लक्ष्य पाएको बाग्मती ३४ ओभर तीन बलमै सम्पूर्ण विकेट गुमाएर १५० रनमा समेटिएपछि काठमाडौं मेयर ११ ले सुरुआती जित निकालेको हो।

मूलपानीस्थित क्रिकेट मैदानमा काठमाडौंका कप्तान सन्दीप लामिछानेले ४२ र सौरभ खनालले सर्वाधिक ४९ रन बनाएपछि काठमाडौं मेयर ११ ले बाग्मतीलाई कठिन लक्ष्य प्रस्तुत गरेको थियो।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंका सन्दीप रजालीले ३३, सिद्धान्त लोहनीले ३४ र विपिन खत्रीले ३२ रन बनाए। काठमाडौंलाई बाग्मतीका तर्फबाट अतिरिक्त २८ रन प्राप्त भएको थियो।

बलिङतर्फ बाग्मतीका नन्दन यादवले चार विकेट लिए भने रामनरेश गिरी र अरियो पौडेलले समान १–१ विकेट गिराए।

Laxmi sunrise bank
kumari

जवाफी ब्याटिङमा आएको बाग्मतीका पृथु बास्कोटाले सर्वाधिक ६० रन बनाए भने इशान पाण्डे र कप्तान ज्ञानेन्द्र मल्लले समान १७–१७ रन जोडे।

त्यस्तै, आदिल खानले १५ र पारख खड्काले १० रन बनाए। बाग्मतीलाई लक्ष्य पूरा गर्न नदिन सन्दीप लामिछानेले तीन विकेट लिए भने विपिन खत्री र अनिल खरेलले समान २–२ विकेट गिराए।

काठमाडौंका कप्तान सन्दीप प्लेयर अफ दि म्याच बने।

मूलपानी मैदानमा हिजो सम्पन्न खेलमा बाग्मतीले ७३ रनको लक्ष्य पूरा गर्न तीन रनले चुकेपछि दुई रनको हार बेहोरेको थियो। यससँगै उसले लगातार दुई हार बेहोरेको छ।

यससँगै बाग्मतीको फाइनल यात्रा कठिन भएको छ। काठमाडौंले पहिलो जित निकाल्दै दुई अंक जोडेको छ।
 

प्रकाशित: Mar 07, 2021| 11:18 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।