आइतबार, चैत १, २०८२

आईपीएल अप्रिल ९ बाट, घरेलु मैदानमा कुनै खेल नहुने

इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १४ औं सिजनको इन्डियन प्रिमियर लिग आगामी अप्रिल ९ देखि सुरु गर्ने भएको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं– इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १४ औं सिजनको इन्डियन प्रिमियर लिग आगामी अप्रिल ९ देखि सुरु गर्ने भएको छ।

National life

बीसीसीआईले आज सूचना जारी गर्दै आउँदो सिजनबारे सम्पूर्ण जानकारी दिएको हो। कोरोना महामारीका कारण १३ औं संस्करणका सबै खेल युनाइटेड अरब इमिरेट्समा भए पनि आउँदो सिजनको आईपीएल भने इन्डियामा नै हुने आयोजक बीसीसीआईले बताएको छ।

दुई वर्षपछि आईपीएल इन्डिया फर्किएको हो। यो प्रतियोगिता अन्तर्गतका खेलहरु अहमदाबाद, बेंगलोर, चेन्नई, नयाँ दिल्ली, मुम्बई र कोलकातामा हुनेछन्। प्रतियोगिताको पहिलो खेल चेन्नईमा हुनेछ। त्यहाँ साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ।

त्यस्तै विश्वकै सबैभन्दा ठूलो नरेन्द्र मोदी रंगशालाले प्लेअफ र फाइनल प्रतियोगिता आयोजना गर्नेछ। फाइनल खेल २०२१ मे ३० मा हुनेछ। यो रंगशालामा पुनर्निर्माणपछि पहिलोपटक आईपीएल अयोजना गरिएको हो।

लिग चरणका ५६ खेलमा हरेक टिमले चार विभिन्न ठाउँमा खेल्नेछन्। जसमा बेंगलोर, चेन्नई, मुम्बई र कोलकाताले १० खेल आयोजना गर्नेछन्।

Laxmi sunrise bank
kumari

त्यस्तै अहमदाबाद र दिल्लीमा समान ८–८ खेल खेलाइने छ। प्रतियोगिताका सम्पूर्ण खेल न्युट्रल भेन्यूमा हुनेछ। आउँदो सिजनको आईपीएलको मुख्य विषय पनि यही हो। कुनै टिमले पनि घरेलु मैदानमा खेल्न पाउने छैनन्। र, हरेक टिमले खेल आयोजना हुने ६ मध्ये चार ठाउँमा खेल्नेछन्।

आउँदो सिजनमा ११ दिन डबल हेडर (एकै दिन दुई खेल) हुनेछन्। ६ टिमले अपरान्हमा र दुई टिमले साँझमा खेल्नेछन्। अपरान्हमा हुने खेल दिउँसोको साढे तीनमा सुरु हुनेछ भने साँझमा हुने खेल साढे सातमा सुरु हुनेछ।

‘१३ औं संस्करणको प्रतियोगिता यूएईमा कोरोना प्रोटोकलको साथ सफलतापूर्वक आयोजना गरेको अनुभवका साथ हामी यो सिजन पनि सफलपूर्वक आयोजना गर्ने विश्वास गरेका छौं,’ बीसीसीआईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतियोगिताको फिक्चर यसरी तयार गरिएको छ कि हरेक टिमले लिग चरणमा तीन पटक मात्र यात्रा गर्नु पर्नेछ। यसले कोरोना संक्रमणको जोखिमलाई कम गर्ने बीसीसीआईले बताएको छ।

यो सिजनको आईपीएल बन्द रंगशालामा हुनेछ। तर फाइनल खेलमा भने दर्शकलाई अनुमति दिइएको छ।

यस्ताे छ फिक्चर

प्रकाशित: Mar 07, 2021| 10:27 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।