शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालका राष्ट्रिय खेलाडी सञ्जीव मलेसियन कम्पनीको ब्राण्ड एम्बासडर

नेपालका राष्ट्रिय खेलाडी सञ्जीव मलेसियन कम्पनीको ब्राण्ड एम्बासडर

नेपालका पूर्व राष्ट्रिय ब्याडमिन्टन खेलाडी सञ्जीव खड्का ब्याडमिन्टन कम्पनी प्लेट मलेसियाले ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं– नेपालका पूर्व राष्ट्रिय ब्याडमिन्टन खेलाडी सञ्जीव खड्का ब्याडमिन्टन कम्पनी प्लेट मलेसियाले ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ।

हाल दक्षिण तासमानिया ब्याडमिन्टन एसोसिएसनमा प्रशिक्षकको रुपमा कार्यरत खड्कालाई मलेसियन कम्पनीले ब्राण्ड एम्बासडर बनाएको हो।

छोटै समयमा अष्ट्रेलियामा रहेका नेपाली समुदाय र अन्य समुदायबीच लोकप्रिय बनेका खड्का विगत २ वर्षदेखि अष्टेलियामा ब्याडमिन्टन प्रशिक्षकको रुपमा कार्यरत छन्।

ब्राण्ड एम्बासडरमा नियुक्त भएपछि उनले भने, ‘मलेसियाको एउटा प्रतिष्ठित कम्पनीको एम्बासडरमा अनुवन्धित हुन पाएकोमा गौरवको अनुभूति भएको छ।’

कैलानी, धनगढीका खड्का अष्ट्रेलिया जानुअघि चौथो वरीयताका खेलाडी थिए। उनले नेपालका तर्फबाट अन्तराष्ट्रिय खेलमा पनि सहभागिता जनाएका थिए।

प्रकाशित: Mar 07, 2021| 08:26 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।