मंगलबार, माघ ६, २०८२

धन्यवाद पारस!

नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट सुरु गरेका पारसले आज सामाजिक सञ्जालमा एक पोस्ट गर्दै संन्यासको घोषणा गरेका हुन्।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं- नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट सुरु गरेका पारसले मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै संन्यासको घोषणा गरेका हुन्।

National life

लामो समयसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई डोर्‍याएका ३३ वर्षीय खड्काले सन् २००८ देखि २०१९ सम्म नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी सम्हालेका थिए। अलराउन्डर खड्का दायाँ हाते ब्याट्सम्यान हुन् भने बलरका रुपमा दायाँ हाते मिडियम फास्ट बलर हुन्।

अब अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीका रूपमा उनको त्यो ब्याटिङ र बलिङ देख्न पाइने छैन्। उनले २००४ मा मलेसियाविरुद्ध डेब्यू गरेका थिए भने १६ वर्षपछि अन्तिम खेल एसीसी इस्टर्न रिजनमा थाइल्यान्डसँग खेलेका थिए। त्यो खेल २०२० को मार्च ४ मा भएको थियो।

उनको नेतृत्वमा रहँदा नै २०१८ मा नेपाली क्रिकेटले एक दिवसीय राष्ट्रको मान्यता पाएको थियो। र, उनकै नेतृत्वमा २०१८ मा नेपालका ११ खेलाडीले नेदरल्यान्डविरुद्ध एकैपटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा डेब्यू गरेका थिए।
अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा उनको यात्रा टुंगिए पनि नेपाली घरेलु क्रिकेटबाट यात्रा जारी राख्ने खड्काले बताएका छन्। उनले नेपाली क्रिकेटमा आफ्नो सपना बामे सर्दै गरेको बताएका छन्।

उनको नेतृत्वमा रहँदा नै २०१८ मा नेपाली क्रिकेटले एक दिवसीय राष्ट्रको मान्यता पाएको थियो। र, उनकै नेतृत्वमा २०१८ मा नेपालका ११ खेलाडीले नेदरल्यान्डविरुद्ध एकैपटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा डेब्यू गरेका थिए।

उनले अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सम्झँदै लेखेका छन् 'मैदान भित्रकका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने छौं भन्ने विश्वास लिएको छु।'

उनले १९ वर्ष लामो क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौषला दिने प्रशिक्षक साथै खेलाडीहरूप्रति सधैँ ऋणी रहने बताएका छन्।

उनले लेखेका छन्, 'क्रिकेटरका रूपमा मैले आफ्नो मन, बचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेँ।'

Laxmi sunrise bank
kumari

उनले आफ्नो जीवनमा देखेको सपना भनेकै नेपाली क्रिकेटको उन्नती भएको बताएका छन्। त्यसका लागि सबैको क्रिकेटर र सरोकारवालाहरूको संयुक्त प्रयास आवश्यकता रहको बताए।

उनले लेखेका छन्, 'इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई आवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउने छौं।'

उनले २०७६ को माघ (१२ फेब्रुअरी २०२०) मा अमेरिकाविरुद्ध अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। सो खेलमा नेपालले अमेरिकालाई १० विकेटले हराएको थियो।

उनको नेतृत्वमा सन् २०१० मा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको उपाधि जितेको थियो। जुन स्वेदशमै नेपालले जितेको उपलब्धि हो।
अन्तर्राष्ट्रिय क्रिकेटमा सतक हान्ने  खड्का छैटौं नेपाली खेलाडी हुन्। उनले एसीसी इलाइट ट्रफीमा कुवेतविरुद्ध ७७ बलमा १०६ रन हानेका थिए।

उनको नेतृत्वमा सन् २०१० मा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको उपाधि जितेको थियो। जुन स्वेदशमै नेपालले जितेको उपलब्धि हो।

त्यस्तै, २०१२ मा मलेसियामा नेपालले विश्व क्रिकेट लिग डिभिजन चारमा जित निकालेको थियो। नेपालले डिभिजन 'थ्री'को पनि उपाधि जितेको थियो।

उनको कप्तानीमा नेपालले सन् २०१४ मा आईसीसी टी २० विश्वकप खेलेको थियो। त्यसपछि नेपालले ट्वान्टी-२० इन्टरनेसनल स्टेटस पाएको थियो।

सन् २०१९ को जनवरी २८ मा उनी एकदिवसीय क्रिकेटमा सतक हान्ने पहिलो नेपाली खेलाडी बनेका थिए। उनले यूएईविरुद्ध सतक प्रहार गरेका थिए। त्यो खेलमा उनले आठ छक्का र तीन चौका प्रहार गरेका गिए। 

उनले नेपाली सिनियर टिम बाहेक यू १५, यू १७ र यू १९ मा पनि खेलेका थिए। उनी २०१६ र २०१७ को नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोट्स अवार्डमा वर्ष खेलाडी सम्मानबाट सम्मानित भएका थिए।

उनी पछिल्लो दशकको आईसीसी प्लेयर अफ दि डिकेडको मनोनयनमा परेका थिए।

उनले लेखेका छन्, 'नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो।' उनले नेपाली क्रिकेटलाई दिएको योगदानका लागि नेपाल समयको तर्फबाट पनि धेरैधेरै धन्यवाद।


प्रकाशित: Aug 03, 2021| 08:45 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।