शनिबार, असार २७, २०८३

बाग्मतीलाई काठमाडौं–११ को कठिन लक्ष्य

मेयर कपको मुख्य स्पोन्सर काठमाडौं महानगरपालिकाको नाममा सम्मिलित काठमाडौं मेयर–११ टिमले बाग्मती प्रदेशलाई २४५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं– मेयर कपको मुख्य स्पोन्सर काठमाडौं महानगरपालिकाको नाममा सम्मिलित काठमाडौं मेयर–११ टिमले बाग्मती प्रदेशलाई २४५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मूलपानीस्थित क्रिकेट मैदानमा जारी खेलमा कप्तान सन्दीप लामिछानेले ४२ र सौरभ खनालले सर्वाधिक ४९ रन बनाएपछि काठमाडौं मेयर ११ ले बाग्मतीलाई कठिन लक्ष्य प्रस्तुत गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंका सन्दीप रजालीले ३३, सिद्धान्त लोहनीले ३४ र विपिन खत्रीले ३२ रन बनाए। काठमाडौंलाई बाग्मतीका तर्फबाट अतिरिक्त २८ रन प्राप्त भएको थियो।

बलिङतर्फ बाग्मतीका नन्दन यादवले चार विकेट लिए भने रामनरेश गिरी र अरियो पौडेलले समान १–१ विकेट गिराए। मूलपानी मैदानमै हिजो सम्पन्न खेलमा बाग्मतीले ७३ रनको लक्ष्य पूरा गर्न तीन रनले चुकेपछि दुई रनको हार बेहोरेको थियो।

प्रकाशित: Mar 07, 2021| 07:39 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।