शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युवा ट्यालेन्टले भरिएको काठमाडौं मेयर–११ ले आज बागमतीको सामना गर्ने

युवा ट्यालेन्टले भरिएको काठमाडौं मेयर–११ ले आज बागमतीको सामना गर्ने

मेयर कपको प्रमुख आकर्षण रहेको काठमाडौं मेयर ११ टिमले आज मूलपानी मैदानमा हुने खेलमा बागमती प्रदेशको सामना गर्दैछ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं - मेयर कपको प्रमुख आकर्षण रहेको काठमाडौं मेयर ११ टिमले आज मूलपानी मैदानमा हुने खेलमा बागमती प्रदेशको सामना गर्दैछ।

काठमाडौं मेयर कपमा आयोजकका नामबाट राखिएको टिम देशैभरिका युवा ट्यालेन्टहरूले भरिपूर्ण टोली हो।

अझ यो घरेलु राष्ट्रिय सिनियर प्रतियोगितामा पहिलोपटक कप्तानी सम्हालेका सन्दीप लामिछानेले यो टिमको लिड गर्नेछन्।

साथै यो टिमलाई राष्ट्रिय खेलकुद परिषद्का समेत प्रशिक्षक रहेका जगत टमाटाले प्रशिक्षण दिनेछन्।

जारी मेयर कपमा यो टिमलाई निकै महत्त्वका साथ हेरिएको छ। 

पछिल्लो पटक नेपाल क्रिकेट संघले आयोजना गरेको प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई यो टिममा स्थान दिइएको छ।

साथै नेपालका विश्वस्टार सन्दीप लामिछानले पनि अढाइ वर्षपछि पहिलोपटक घरेलु लिग खेल्न लागेका छन्।

उसो त बागमती टिम राष्ट्रिय टोलीमा भएका खेलाडीका हिसाबले झन् बलियो टिम हो। बागमतीमा टप अर्डर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लसहित पारस ख्ड्कालगायत खेलाडी छन्।

यसकारण आजको खेल प्रतियोगिताको प्रमुख खेलमध्ये एक हो। खेल आज साढे ९ बजेबाट मूलपानी मैदानमा सुरू हुँदैछ।

आजै हुने अर्को खेल त्रिवि मैदानमा नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ।

प्रकाशित: Mar 07, 2021| 03:15 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।