आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • इंग्ल्यान्डलाई हराउँदै इन्डिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

इंग्ल्यान्डलाई हराउँदै इन्डिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

घरेलु भूमिमा पाहुना टिम इंग्ल्यान्डलाई ३–१ ले हराउँदै इन्डिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं – घरेलु भूमिमा पाहुना टिम इंग्ल्यान्डलाई ३–१ ले हराउँदै इन्डिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

National life

च्याम्पियनसिपअन्तर्गतको इन्डियामा शनिबार सम्पन्न चौथो खेलमा इन्डियाले इंग्ल्यान्डलाई एक पारी र २५ रनले हराउँदै इन्डिया फाइनलमा पुगेको हो।

अहमदाबादको नरेन्द्र मोदी रंगशालामा चौथो टेस्ट तेस्रो दिनमै सम्पन्न भएको थियो। जहाँ उसले सानदार जित निकालेपछि अब उसले लर्डस्मा हुने फाइनल खेलमा न्युजिल्यान्डको सामना गर्नुपर्ने छ।

चौथो टेस्टमा टस जितेको इंग्ल्यान्डले सुरुआती ब्याटिङ गर्दै २०५ रन बनाएको थियो। जवाफमा इन्डियाका ऋषभ पन्त र वासिंटन सुन्दरको १०१ र ९६ रनको सहयोगमा ३६५ रन बनाएपछि १६० रनले इन्डिया अघि थियो।

तर, दोस्रो पारीमा इंग्ल्यान्ड १३५ रनमै अलआउट भएपछि इंन्डियाले खेल आफ्नो पक्षमा पारेको हो।

Laxmi sunrise bank
kumari

दोस्रो पारीमा अक्षर पटेल र रविचन्द्र अश्विनले समान ५–५ विकेट गिराएका थिए।

उनीहरूले मिलेर शनिबार सम्पन्न सिरिजमा ५९ विकेट लिएका थिए। अश्विनले सबैभन्दा धेरै ३२ विकेट लिँदा लक्षरले तीन टेस्ट खेलेका थिए। उनले तीन टेस्टमा २७ विकेट लिन सफल भए।

साथै अश्विनले १०६ रनको पारी खेल्दै १८९ रन जोडे। यसकारण अश्विन प्लेयर अफ दी म्याच बने।

प्रकाशित: Mar 07, 2021| 02:23 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।