शनिबार, असार २७, २०८३

अघि बढ्दै युभेन्टस्

लाजियोलाई हराउँदै साविक विजेता युभेन्टस‍्ले शीर्षस्थानको इन्टर मिलानसँग अंक दूरी घटाएको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं - लाजियोलाई हराउँदै साविक विजेता युभेन्टस‍्ले शीर्षस्थानको इन्टर मिलानसँग अंक दूरी घटाएको छ।

शनिबार राति युभेन्टस‍्कै ओल्ड लेडी मैदानमा सम्पन्न खेलमा घरेलु टिम युभेन्टस‍्ले लाजियोमाथि ३–१ गोलको जित निकालेको हो।

युभेन्टस् एक गोलले पछि परेको अवस्थामा एड्रि राबिओटले गोल गरेपछि पहिलो हाफमा खेल बराबरी भएको थियो।

त्यसअघि खेलको १४ औं मिनेटमा पाहुना टिमका जोअक्विन कोर्राले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा बराबरी भए पनि दोस्रो हाफमा घरेलु टिमका अल्वेरो मोराटाले दुई गोल थपे।

उनले खेलको ५७ औं मिनेटमा चिइसाको पासबाट गोल गरे भने त्यसको तीन मिनेटपछि पेनाल्टीमार्फत् गोल गर्दै युभेन्टस‍्लाई जिताए।

यो जितसँगै साविक विजेताले शीर्षस्थानको इन्टर मिलानसँग अंक दूरी कम गरेको छ। ऊ सिरी ए का पछिल्ला चार खेलमा अपराजित छ।

शीर्षस्थानको इन्टरको ५९ अंक हुँदा युभेन्टस्को ५३ अंक छ। समान २५ खेलबाट ५३ अंक बनाएको एसी मिलान दोस्रो स्थानमा छ।

यता पराजित लाजियो भने सातौं स्थानमा छ।
 

प्रकाशित: Mar 07, 2021| 01:59 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।