बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरबाट बाहिरिएपछि जागेश्वरको चिन्ता- कमिसनको अड्डा बन्नेभो वीर अस्पताल

वीरबाट बाहिरिएपछि जागेश्वरको चिन्ता- कमिसनको अड्डा बन्नेभो वीर अस्पताल

विवादै विवादका पर्याय डा. जागेश्वर गौतम तीन महिना नपुग्दै कोभिड युनिफाइड केन्द्रीय अस्पतालबाट बिदा भए।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं- विवादै विवादका पर्याय डा. जागेश्वर गौतम तीन महिना नपुग्दै कोभिड युनिफाइड केन्द्रीय अस्पतालबाट बिदा भए। केपी ओलीको कृपामा गत जेठ १० गते अस्पतालको प्रमुख प्रशासकीय अधिकारी बनेका गौतम ओली सरकार बहिर्गमन भएको दुई सातामै बर्खास्तीमा परेका छन्। 

सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्री स्तरीय निर्णयबाटै जागेश्वरलाई हटाएर डा. रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेका छन्। 

स्वास्थ्य मन्त्रालयबाट कोभिड अस्पतालमा जानेबित्तिकै गौतम विवादमा तानिए। उनको कार्यशैलीलाई लिएर अस्पतालकै कर्मचारी आन्दोलित बने। सत्ताको ध्वांश देखाएर जागेश्वरले कर्मचाारीहरुलाई धम्क्याउने गरेको भुक्तभोगीहरु बताउँछन्। 

वीर अस्पताल कर्मचारी संघका अध्यक्ष दीपक मुडभरी गौतमको बहिर्गमनलाई मेडिकल माफियाका नाइकेको बहिर्गमन भन्छन्। 'स्वायत्त स्वास्थ्य प्रतिष्ठान वीरलाई स्वास्थ्य मन्त्रालय मातहत लगेर ओली सरकारले चरम आर्थिक चलखेल गर्ने जाल बुनेको थियो। तर, अहिलेको सरकारकले ओली सरकारको उक्त योजनालाई विफल पारिदिएको छु,' मुडभरीले भने। गौतमले वीरमा आइसकेपछि कर्मचारीलाई धम्क्याउने र आफू निकट व्यक्तिलाई ठेक्का दिनेबाहेक कुनै राम्रो काम नगरेको टिप्पणी गरे।

वीर अस्पतालका लागि भेन्टिलेटर खरिदको ठेक्का हात पार्ने विवादास्पद कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्सका मालिकसँग गौतमको साझेदारी पाइएको थियो। गौतम र म्याक्सिमका मालिक सुन्दर भुषालबीच विभिन्न कम्पनीमा साझेदारी रहेको छ।  गौतमले मापदण्ड नै नपुगेको म्याकि्समलाई १२ करोड ४३ लाख रुपैयाँमा भेन्टिलेटर खरिदको ठेक्का दिएका थिए। गत असार ११ गते वीरले १५ करोड बराबरको ठेक्का आह्वान गरेको थियो। भेन्टिलेटर, एक्सरे मेसिन, युएसजी मेसिनलगायको सामग्री खरिदको ठेक्का प्रकाशन गरिएको थियो। 

गौतम उपकरण खरिदमा मात्र नभएर कर्मचारीलाई अख्तियारमा मेरो सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायत विषयमा समेत विवादित बनेका थिए। न्याम्स कर्मचारी युनियनका अध्यक्ष मुडभरी प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पहिलो प्राथमिकता खोप रहेको भन्दै गरेको वाचाको कार्यान्वयनको पहिलो खुड्किलो गौतमको बहिर्गमन भएको बताउँछन्। 

'अघिल्लो सरकारले पालेर राखेका मेडिकल माफियाहरूलाई संरक्षण गरेर आफ्नो लक्ष्य पूरा हुने नदेखिएपछि प्रधानमन्त्रीले उहाँलाई हटाउनु भएको हो,' उनले भने। गौतमलाई सामान्य कर्मचारी सरह सरकारले साविककै प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा सरुवा गरेर वीरको व्यवस्थाप्रति देउवा सरकारले न्याय गरेको उनले बताए।

बर्खास्त हुने अघिल्लोे दिन आइतबार पनि वीरमा लफडा भएको थियो। सेवासुविधा माग गर्दै आन्दोलित बनेका वीरका स्वास्थ्यकर्मीमाथि  हातपात भएको थियो। उनीहरुका मागका विषयमा स्वास्थ्यकर्मी र गौतमबीच वार्ता भइरहेकै बेला हातपात भएको थियो।

८ महिनादेखि कोभिड जोखिम भत्ता तथा सेवा सुविधा नपाएको भन्दै वीरका कर्मचारी आन्दोलित बनेका थिए। वार्ताका क्रममा स्वास्थ्यकर्मी र डा. गौतमबीच भनाभन भएको थियो। गौतमले आक्रोसिश बनेर प्रहरी बोलाएर कर्मचारीलाई कुटपिट गर्न लगाएको स्वास्थ्यकर्मीहरूले आरोप लगाएका छन्।

अस्पतालका कर्मचारी टीका पनेरुले वार्ता भइरहेको समयमा चर्काचर्की भएको र डा. गौतमले प्रहरी बोलाएर आफूहरूमाथि हातपात गर्न लगाएको आरोप लगाए। 

राज्यमन्त्री श्रेष्ठले आफूलाई हटाउने निर्णय गरेपछि डा. गौतमले असन्तुष्टि जनाएका छन्। उनले नेपाल समयसँग कुरा गर्दै आफूले राम्रो काम गर्न खोज्दाखोज्दै सरकारले डिसकरेज गरेको गुनासो गरे। 'मैले सानो समयमा कोरोना विशेष अस्पतालको उद्घाटन गराएँ। अस्पतालमा अक्सिजन ट्याङ्क जडान भयो। कोरोना संक्रमितलाई रिफर गरेर कमिसन खाने बाटो बन्द भएको थियो। सरकारको यो निर्णयले मलाई अचम्मित तुल्याएको छु,' उनले भने। फेरि वीरलाई धरासायी बनाएर कमिसन र अनियमितताको अड्डा बनाउने खेल सुरु भएको आरोप उनले लगाए।

प्रकाशित: Aug 03, 2021| 07:59 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।