काठमाडौं – दाहाल-नेपाल समूहका दुई पेसागत संगठनबीच एकता घोषणा हुने भएको छ।
पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच आज एकता घोषणा हुँदैछ ।
घोषणा सभा कार्की ब्यांक्वेट बबरमहलमा दिउँसो १ बजे कार्यक्रम हुने छ।
कार्यक्रममा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको प्रमुख आतिथ्यता रहने बताइएको छ।