बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नापी कार्यालयका निमित्त प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

नापी कार्यालयका निमित्त प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

नापी कार्यालय, कञ्चनपुरमा कार्यरत निमित्त कार्यालय प्रमुख, सर्वेक्षक हरिचन्दर ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। 
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं– सप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित नापी कार्यालय, कञ्चनपुरमा कार्यरत निमित्त कार्यालय प्रमुख, सर्वेक्षक हरिचन्दर ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। 

जग्गाको कित्ता काट गरिदिने भनी लेखापढी व्यवसायी अरुणकुमार यादवमार्फत सेवाग्राहीसँग अतिरिक्त रकम माग मागेको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले ठाकुर र यादवलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा ठाकुरले सो रकम सेवाग्राहीको जग्गा कित्ताकाट प्रयोजनका लेखनदास यादवमार्फत लिएको पुष्टि भएको आरोपपत्रमा उल्लेख छ।

ठाकुरविरुद्ध बिगो १५ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार मुद्दा दाय गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए। 

प्रकाशित: Feb 28, 2021| 10:56 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।