बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीबाट हटाएर देखाउन दाहाल–नेपाललाई ओलीको चुनौती

प्रधानमन्त्रीबाट हटाएर देखाउन दाहाल–नेपाललाई ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झापा पुगेर नेकपाको दाहाल–नेपाल पक्षलाई आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउन चुनौती दिएका छन्। 
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झापा पुगेर नेकपाको दाहाल–नेपाल पक्षलाई आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउन चुनौती दिएका छन्। 

झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा औद्योगिक पार्क शिलान्यास कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन्। 

‘उहाँहरु मसँग हात थाप्दै हुनुहुन्छ राजीनामा गरिदिनुस् भनेर,’उनले भने,‘हटाएर देखाउनुस्। अविश्वासको प्रस्ताव ल्याएर हटाउन सक्नुभएछ भने जनताबाट फेरि दुई तिहाइ बहुमत ल्याएर आइन्छ।’

उनले चिन्ता नमान्न नेता–कार्यकर्तालाई आग्रह गर्दै लोकतन्त्रलाई तलमाथि हुन नदिइने बताए। ओलीले दाहाल–नेपाललाई ‘झुसे बारुला’ को संज्ञा दिँदै फुर्ति नलाउन चेतावनी दिए।

‘एउटा हेल्लो भन्ने अर्को कम्फर्टबेल। यी दुईवटा मिस्टरहरुले बर्बाद पार्न चाहेका छन्,’ उनले भने,‘फुटाएर हिँड्ने ध्यानै पदमा छ। पदबाहेक केही छैन। पद, पैसा र परिवारमा ध्यान छ।’

प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम सर्वोच्च अदालतले बदर गरेको विषयमा बोल्दै उनले आफूले गल्ती नगरेर जिन्दगीमा मुद्दा हार्दै आएको व्यक्ति भएको बताए।

‘गल्ती नगर्ने तर मुद्दा हार्दै आएको हुँ। नेपाली जनताले मलाई प्रधानमन्त्री बनाइदिएको हो,’उनले भने,‘प्रतिनिधिसभा पुनःस्थापना भयो, राम्रै भयो।’

सत्ता सहकार्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेताहरुसँग दाहाल नेपालले भेट गरेको विषयमा बोल्दै उनले संसद् पुनःस्थापना भइसक्यो, अब प्रभुले प्रधानमन्त्री स्वीकार दिनुपर्यो भन्दै निवेदन हाल्ने काम गरेको बताए।

प्रकाशित: Feb 28, 2021| 10:49 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।