बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु

म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु

म्यानमारमा सैनिक सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको छ।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

एजेन्सी- म्यानमारमा सैनिक सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको छ। आज (आइतबार) भएको प्रदर्शनमा प्रहरीको गोली प्रहारबाट दुई जनाको मृत्यु भएको छ।

National life

यसका साथै कयौँ व्यक्ति घाइते भएको जनाइएको छ। म्यानमार प्रहरीले सैन्य शासनको विरोध गरिरहेका प्रदर्शनकारीमाथि गोली चलाएको समाचार एजेन्सी रोयटर्सलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

गोली प्रहारबाट दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको बताइएको छ।

प्रहरीले यांगुन सहरका साथै अन्य कयौँ ठाउँमा प्रदर्शनकारीमाथि अश्रुँ ग्यास प्रहार गरेको छ।

गत फेब्रुअरी १ मा म्यानमारमा सैनिकले निर्वाचित सरकारलाई नियन्त्रणमा लिएर सैनिक शासन सुरु गरेको छ।

Laxmi sunrise bank
kumari

यसको विरोधमा त्यहाँ भएका प्रदर्शनमा यसअघि नै दुई जनाको मृत्यु भइसकेको थियो। प्रदर्शन भने दैनिकजसो भइरहेका छन्।

प्रकाशित: Feb 28, 2021| 10:26 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।