बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जहाजको प्राविधिक समस्याबारे जानकारी नदिने पाइलट कारबाहीमा

जहाजको प्राविधिक समस्याबारे जानकारी नदिने पाइलट कारबाहीमा

नेपाल वायुसेवा निगमले दुई जना पाइलटलाई कारबाही गरेको छ।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं– नेपाल वायुसेवा निगमले दुई जना पाइलटलाई कारबाही गरेको छ। जहाजमा प्राविधिक समस्या आउँदा पनि जानकारी नगराएको भन्दै निगमले सुनिल श्रेष्ठ र महेशमान डंगोललाई उडान गर्न रोक लगाएको हो। 

गत पुस २४ गते दोहाबाट काठमाडौं आएको नेवानिको जहाज अवतरणका क्रममा हार्ड ल्यान्डिङ गरिएको तर त्यसबारे निगमलाई जानकारी दिनुपर्नेमा उनीहरुले जानकारी नदिएपछि कारबाही गरिएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले नेपाल समयलाई जानकारी दिइन्। 

उनका अनुसार ती पाइलटलाई १२ फागुनदेखि उडानमा रोक लगाइएको छ। प्रवक्ता श्रेष्ठका अनुसार हार्ड ल्यान्डिङ भएको विषय गत पुस २५ मा निगमले पत्ता लगाए पनि एयरबससँग सोबारे राय माग्न पत्राचार गरी उनीहरुको राय आउँदा कारबाही ढिलो भएको हो। 

एयरबसले हार्ड ल्याण्डिङ भएको सो जहाज दुई महिनासम्म उडान–अवतरण गर्न सक्ने तर चेकजाँच भने गर्नुपर्ने जानकारी दिएको छ।

निगमले जहाजको समस्याबारे जानकारी नगराएको विषयमा क्याप्टेन युवराज कुमार  भट्टराईको संयोजकत्वमा क्याप्टेन विजय लामा, मनिषकुमार शाह तथा डम्बर रावत सदस्य रहेको छानबिन समिति गठन गरेको छ। समितिले दिएको सुझावअनुसार पाइलटलाई थप कारबाही गरिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिइन्। 

प्रकाशित: Feb 28, 2021| 09:09 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।