बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था जटिल तर सुधारोन्मुख

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था जटिल तर सुधारोन्मुख

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ। 
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ। 

शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको सचिवालयले जनाएको छ। हिजो शनिबारको तुलनामा आज उनको स्वास्थ्य अवस्था निकै सुधार भएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिएका छन्।

जोशीलाई आज बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको छ। तर, पनि उनले आँखा भने खोलेका छैनन्।

यस्तै, आज जोशीको सिटी स्क्यान पनि गरिएको छ। जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानीसमेत लगभग सफा भएको पाइएको छ। 

‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन। उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ,’ डा. झाले भने। 

प्रकाशित: Feb 28, 2021| 08:47 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।