बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारी समायोजन कार्यविधि त्रुटिपूर्ण : स्वास्थ्यकर्मी संघ

कर्मचारी समायोजन कार्यविधि त्रुटिपूर्ण : स्वास्थ्यकर्मी संघ

नेपाल ट्रेड युनियन स्वास्थ्यकर्मी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याएको कर्मचारी समायोजन, संशोधन र मिलान कार्यविधि २०७७ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं– नेपाल ट्रेड युनियन स्वास्थ्यकर्मी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याएको कर्मचारी समायोजन, संशोधन र मिलान कार्यविधि २०७७ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कोरोना महामारीको समयमा स्वास्थ्यकर्मीहरूको मनोभाव विचलित हुनेगरी कार्यविधि ल्याइएको भन्दै संघले आपत्ति जनाएको हो। 

समायोजनका लागि ४ हजार निवेदन दर्ता भइसकेको अवस्थामा पुनः निवेदन माग गर्नु मन्त्रालयको प्रशासनिक त्रुटि भएको उसको आरोप छ । साथै संघले मन्त्रालय र स्वास्थ्यमा आवद्ध विभिन्न संघबीच फागुन ४ मा भएको सम्झौता कार्यान्वयन गर्न माग गरेको छ।  

स्वास्थ्य सेवामा २९ समूह र ४४ विधा गरी ३२ हजार कर्मचारी कार्यरत छन्। धेरै समूह र विधाका कर्मचारी भएका कारण पनि अन्य समूहभन्दा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन सुरुवाती चरणबाटै जटिल बन्दै गएको छ। 

समायोजन प्रक्रिया चलिरहेको समयमा कोभिड—१९ महामारी आएपछि सरकारले स्वास्थ्य सेवाका कर्मचारीको हकमा जो जहाँ छ त्यहीँ बसेर काम गर्ने निर्णय गरेको थियो। जसका कारण स्वास्थ्य समायोजन पूर्ण हुन पाएको थिएन। कतिपयको समायोजन निर्णय भए पनि पत्र लिइसकेका थिएनन् भने कतिपय दरबन्दी नभएका ठाउँमा बढी समायोजन भएका थिए। 

प्रकाशित: Feb 28, 2021| 08:41 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।