काठमाडौं– प्रहरी प्रधान कार्यालय साइबर ब्युराको लोगो दुरुपोग गरी भ्रामक सूचना फैलाएको आरोमा प्रज्वल पोख्रेल पक्राउ परेका छन्।
उनीमाथि नक्कली फेसबुक पेज खोली म्यासेन्जरबाट साइबर ब्युरोले कुरा गरेजस्तो भान पार्ने र आपराधिक गतिविधि गरेको आरोप छ।
नेपाल प्रहरीलाई बदनाम गराउन सक्रिय रहेकाले कपिलवस्तु बाणगंगाका पोखरेललाई विद्युतीय कारोबार ऐनअन्तर्गत नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
पोखरेलमाथि आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।