बिहीबार, भदौ १८, २०८३

अनशनरत गंगामायाको अवस्था चिन्ताजनक 

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कारबाही माग गर्दै लामो समयदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। 
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं– छोरा कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कारबाही माग गर्दै लामो समयदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। 

उनी पछिल्लो पटक पुस ६ गतेदेखि आमरण अनशनमा छिन्। उनको अवस्था गम्भीर बन्दै गएपछि शनिबार बेलुका घाँटीको शल्यक्रियामार्फत मुख्य नसाबाट जीवन बचाउने तरल पदार्थ दिइएको उपचारमा संलग्न चिकित्सक डा. मनेनप्रसाद गोर्खाले जानकारी दिए। 

१६ वर्षीय कृष्णप्रसादको हत्या तत्कालीन विद्रोही माओवीदीले २०६१ जेठमा गरेको थियो।

छोरोका हत्यारामाथि कारबाही माग गर्दै अनशन बसेकै बखत गंगामायाका पति नन्दप्रसाद अधिकारीको २०७१ असोजमा निधन भएको थियो। उनको अहिलेसम्म अन्त्येष्टि गरिएको छैन। 

छोराका हत्याराका साथै पतिलाई अनशनमा नै मर्न विवश बनाउने राज्यका पदाधिकारीमाथि समेत कारबाही माग गर्दै गंगामाया अनशनमा बसेकी हुन्। 

प्रकाशित: Feb 28, 2021| 08:03 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।