बिहीबार, भदौ १८, २०८३

प्रधानमन्त्री ओली झापा आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) झापा आउँदैछन्। 
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) झापा आउँदैछन्। 

ओलीको आइतबार दिनभरकाे कार्यक्रम आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा केन्द्रित छ। 

उनले औद्योगिक पार्क, चारवटा पुलको उद्घाटन र एउटा पुलको शिलान्यास गर्ने कार्यक्रम छ। 

उनले कमल गाउँपालिका–६, झर्कामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गर्ने कार्यक्रम छ।  

झापामा औद्योगिक क्रान्तिको रुपमा लिइएको औद्योगिक पार्क शिलान्यासको तयारी पूरा भएको जनाइएको छ। 

प्रधानमन्त्री ओलीसहित पार्क शिलान्यासका लागि आउने भएपछि दमक चोक झकिझकाउ बनाइएको छ। 

नेपाल र चीनको झण्डाहरुले दमक चोकलाई सजाइएको छ। पार्कका अध्यक्ष गोविन्द थापाले पार्क शिलान्यासको सम्पूर्ण तयारी पूरा भएको जनाए। 

२०७६ असोज १६ गते नेपाल लगानी बोर्ड, चिनीयाँ लगानीकर्ता, ‘चाइना नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क’ र औद्योगिक क्षेत्र व्यवस्थापनबीच परियोजना समझदारी सम्पन्न भएपछि तत्कालै शिलान्यासको तयारी भए पनि यो रोकिएको थियो। 

प्रारम्भिक चरणमा ६४ अर्ब लगानी स्वीकृत भएर यसको डीपीआर पनि पूरा भएको जनाइएको छ। 

दमक नगरपालिका, कमल गाउँपालिका तथा गौरादह नगरपालिका क्षेत्रभित्र दुई हजार १०० बिघामा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारबाट २०७२ चैत १ गते निर्णय भएपछि जग्गा अधिग्रहणको काम सुरु भएर शिलान्यासको चरणमा पुगेको औद्योगिक पार्कका अध्यक्ष थापाले बताए। 
 

प्रकाशित: Feb 28, 2021| 02:09 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।