मंगलबार, असोज ६, २०८३

८० वर्षको उमेरमा पीएचडी उपाधि

शशिकलाले महर्षि पाणिनि विश्वविद्यालयका पूर्व उपकुलपति डा. मिथिलाप्रसाद त्रिपाठीको निर्देशनमा ‘बृहत् संहितामा सामाजिक जीवनको बिम्ब’ शीर्षकमा विद्यावारिधि उपाधि लिएकी हुन्। 
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

भनिन्छ पढ्न र नयाँ कुरा सिक्न उमेरले छेक्दैन। सिक्ने र सिकाउने क्रम जीवन रहेसम्म जारी रहन्छ। यो भनाइलाई सत्य साबित गरिदिएकी छन् भारत उज्जैनकी शशिकला रावलले।

उनले ८० वर्षको उमेरमा विद्यावारिधि उपाधि लिएर ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने प्रमाणित गरिदिएकी छन्।

शशिकलाले यो उपाधि शिक्षा सेवा विभागको व्याख्याता पदबाट सेवा निवृत्त भएपछि लिएकी हुन्। सेवा निवृत्त भएपछि उनले २००९ देखि २०११ सम्म ज्योतिष विज्ञानमा स्नातकोत्तर गरेकी थिइन्। 

उनको अध्ययन त्यतिमा सीमित भएन। अध्ययन जारी राखिन् र वराहमिहिरको ज्योतिषग्रन्थ ‘बृहत् संहित’ मा उनले पीएचडी उपाधि प्राप्त गर्न सफल भइन्।

उनले महर्षि पाणिनि विश्वविद्यालयका पूर्व उपकुलपति डा. मिथिलाप्रसाद त्रिपाठीको निर्देशनमा ‘बृहत् संहितामा सामाजिक जीवनको बिम्ब’ शीर्षकमा विद्यावारिधि उपाधि लिएकी हुन्। 

राज्यपाल आनन्दीबेन पटेलले ८० वर्षको उमेरमा विद्यावारिधि गरेको भन्दै शशिकलाको प्रशंसा गरेका छन्।

आराम गरेर बस्ने समयमा किन पढाइलाई निरन्तरता दिनुभयो भन्ने जिज्ञासामा उनले भनेकी छन्, ‘मलाई सानैदेखि ज्योतिष विद्यामा रुचि थियो। यसै क्रममा विक्रम विश्वविद्यालयबाट ज्योतिर्विज्ञानमा एमए पूरा गरें। यसपछि पढ्ने धीत् मरेन। अनि वराहमिहिरको बृहत् संहिता अध्ययन गरें र यसमै विद्यावारिधि गर्ने उद्देश्य लिएँ।'

उनले ज्योतिष अध्ययनपछि चिन्तनको नयाँ दिशा प्राप्त हुने बताइन्।

उनले भनिन्, ‘ज्योतिषको जीवनमा ठूलो महत्त्व छ, जसरी हामी नक्साको सहायतामा गन्तव्यमा पुग्न सक्छौं, त्यसैगरी ज्योतिषको माध्यमबाट भविष्यमा आउने संकेत पढेर चुनौतीको सामना गर्न तयार हुन्छौं।’ आईएएनएसबाट 

प्रकाशित: Feb 25, 2021| 09:22 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।