बिहीबार, भदौ ४, २०८३

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन्। बेनिघाटरोराङ गाउँपालिका-२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन्।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

धादिङ- दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन्। बेनिघाटरोराङ गाउँपालिका-२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन्।

खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

छिमेकीहरूका अनुसार उनीहरूले बिहान घरमासँगै रक्सी खाएका थिए। खेतमा  काम छ भनेर गएपछि बाटोमा आपसी विवादका कारण श्रीमतीको हत्या गरेको छिमेकीहरूले बताएका छन्। 

घटनाको विस्तृत अनुसन्धान गरिने जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले दुवै शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताए।

प्रकाशित: Aug 03, 2021| 06:37 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।