आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • म्यानमारमा सैन्य कुविरुद्धको प्रदर्शनमा गोली लागेकी युवतीको मृत्यु

म्यानमारमा सैन्य कुविरुद्धको प्रदर्शनमा गोली लागेकी युवतीको मृत्यु

म्यानमार सैन्य कुविरुद्धको जारी प्रदर्शनका क्रममा गोली लागेकी एक युवतीको मृत्यु भएको छ।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

एजेन्सी- म्यानमार सैन्य कुविरुद्धको जारी प्रदर्शनका क्रममा गोली लागेकी एक युवतीको मृत्यु भएको छ।

National life

जारी आन्दोलनमा यो नै आन्दोलनकारीको पहिलो मृत्यु हो।

म्या थे थे खाइङ नामकी युवती उनको २० औँ जन्मदिनको दुईअघि प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी थिइन्।

प्रदर्शनकारीका अनुसार गोली लागेपछि गम्भीर घाइते भएकी उनको अवस्था केही दिनयता स्थिर थियो र आज मृत्यु भयो।

उनको मृत्यु भएपछि प्रदर्शनकारीले उनको तस्बिर राखेर यांगुनका विभिन्न ठाउँमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

म्यानमारमा सैनिकले निर्वाचित राष्ट्रपति विन मिन्ट, सर्वोच्च नेता आङ सान सुकीलगायतलाई गिरफ्तार गरे सत्ता कब्जा गरेको छ। गत फेब्रुअरी १ मा सैनिकले सत्ता कब्जा गरेपछि त्यहाँ विरोध प्रदर्शन चर्किरहेको छ।
 

प्रकाशित: Feb 19, 2021| 13:43 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।