आइतबार, वैशाख २७, २०८३

साउदी अरबको मरुभूमि हिउँले सेताम्मे

मरुभूमि तथा अति गर्मीका लागि प्रशिद्ध साउदी अरबमा अचानक हिमपात भएपछि मानिसहरु चकित परेका छन्।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं– मरुभूमि तथा अति गर्मीका लागि प्रशिद्ध साउदी अरबमा अचानक हिमपात भएपछि मानिसहरु चकित परेका छन्। हिउँ परेर सेतै भएको मरुभूमिको तस्बिर तथा भिडियो सोसल मिडियामा सेयर भइरहेका छन्। 

National life

५० वर्षपछि साउदी अरबमा बाक्लो हिमपात भएको बताइएको छ। साउदी अरबको हिमपातलाई पूरै खाडी क्षेत्रको दुर्लभ घटना मानिएको छ। रातमा चल्ने चिसो हावाका कारण कतिपय ठाउँमा तापक्रम माइनसमा झरेको छ। दिउँसो घाम लागेको बेला भने गर्मी नै हुने गरेको छ।

साउदी अरबको मौसम विभागले रातको समयमा तापक्रम अझै घट्न सक्ने अनुमान गर्दै सतर्क रहन भनेको छ। 

उता, उत्तरी अफ्रिकाको सहारा मरुभूमि रहेको अल्जेरियामा पनि हिउँ परेको छ। कतिपय ठाउँमा तापक्रम माइनस ३ डिग्रीमा झरेको छ। फाट्टफुट्ट मात्र बिरुवा उम्रिने मरुभूमि हिउँले सेताम्य भएपछि मानिसहरु हैरान भएका छन्।

–नवभारत टाइम्स 
 

प्रकाशित: Feb 19, 2021| 13:29 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।