काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) १५.५० अंकले बढेको छ।
बढेको बजार २६०१.५१ विन्दुमा पुगेर रोकिएको हो।
आज २०८ कम्पनीको १ करोड ७५ लाख ८५ हजार कित्ता खरिदबिक्री हुँदा ९ अर्ब ९३ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.०९ अंकले बढेर ४७३.५४ विन्दुमा पुगेको छ।
आज बैंकिङ समूहको सूचक ३३.४१, विकास बैंक ६.४७, सामूहिक लगानी ०.११ र अन्य समूहको सूचक ५.५४ अंकले बढेको छ।
फाइनान्स समूहको सूचक ९.३९, होटल १३, जलविद्युत् २६.९८, जीवन बिमा ५४.११ र उत्पादन समूहको सूचक १११ अंकले घटेको छ।
त्यस्तै, लघुवित्त समूहको सूचक २४.८१, निर्जीवन बिमा सूमहको सूचक ३७.८६ र व्यापार समूहको सूचक ३७.९५ अंकले घटेको छ।
आज चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्।