मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विराटनगरमा खुल्यो वर्ल्डलिंकको ग्राहक सेवा केन्द्र

विराटनगरमा खुल्यो वर्ल्डलिंकको ग्राहक सेवा केन्द्र

वर्ल्डलिंक कम्युनिकेसन्स् लिमिटेडले विराटनगरको पुष्पलाल चोकमा ग्राहक सेवा केन्द्रको स्थापना गरेको छ। 
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स् लिमिटेडले विराटनगरको पुष्पलाल चोकमा ग्राहक सेवा केन्द्रको स्थापना गरेको छ। 

मंगलबार ग्राहक सेवा केन्द्रको उद्घाटन गर्दै कम्पनीका पूर्वाञ्चल क्षेत्रीय प्रमुख शंकरराज शिवाकोटीले ग्राहकको आवश्यकतालाई ध्यान दिएर भरपर्दो, विश्वासिलो र छरितो सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए। 

वर्ल्डलिंकले अहिले १० देखि १०० एमबीपीएससम्मको इन्टरनेटका साथै नेट टिभीको सेवा उपलब्ध गराइरहेको छ। 

२.४ गिगाहर्जको वाईफाई ब्याण्डको सिमितता तथा हरेक घरमा भएको वाईफाई संकेतले गर्दा एफटीटीएच प्रविधिमार्फत् प्रदान गरिरहेको उच्च गतिको इन्टरनेटका अनुभव कुनै बेला नहुन सक्छ। शिवाकोटीका अनुसार उक्त समस्याबाट पार पाउन राउटरलाई खुला स्थानमा राख्ने, धेरै कोठामा चलाउनु परेमा अतिरिक्त राउटर राख्नुपर्छ। 

त्यसो गर्दा ५ गिगाहर्ज सपोर्ट गर्ने र ५ गिगाहर्ज डुअल ब्याण्डको वाईफाई राखेर सेवा प्रदायकले हरक्षण तीव्र गतिको इन्टरनेट चलाउन सकिने शिवाकोटीको भनाइ छ। 

वर्ल्डलिंक कम्युनिकेसन्सका देशभर करिब ५ लाख ग्राहक छन्। 
 

प्रकाशित: Feb 16, 2021| 08:14 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्