बिहीबार, फागुन २८, २०८२

भारतमा बस दुुर्घटना : नहरबाट निकालियो २५ वटा शव

भारतको मध्यप्रदेशमा यात्रुवाहक बस नहरमा खस्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ। 
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

भोपाल (भारत) - भारतको मध्यप्रदेशमा यात्रुवाहक बस नहरमा खस्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ। 

National life

भारतीय सञ्चारमाध्यम भास्करका अनुसार अहिलेसम्म २५ वटा शव नहरबाट बाहिर निकालिएको छ। मृतक संख्या बढ्न सक्ने बताइएको छ। 

सातजनालाई भने जीवितै उद्धार गरिएको छ। बसमा ५४ यात्रु थिए। 

बसलाई क्रेनको सहायताले बाहिर निकालिएको प्रहरी अधिकारीहरुले जनाएका छन्। 

दुर्घटना रिवा–सीधी सीमास्थित छुहियाघाटीमा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

Laxmi sunrise bank
kumari

बस खसेको नहर वाणसागर परियोजनाको हो। 

प्रहरीका अनुसार बसको क्षमता ३२ जना यात्रु बोक्ने हो। तर, ५४ यात्रु बोकेको थियो।

साथै सीधीबाट सतना जानुपर्ने बस जामका कारण चालकले रुट परिवर्तन गरेका थिए। 

नहरको किनारै–किनार बस लैजान लाग्दा चालकले सन्तुलन गुमाएपछि बस नहरमा खसेको त्यहाँका प्रहरी अधिकारीहरूले बताएका छन्। 

उद्धारका लागि गोताखोर टोली त्यहाँ पुगेको छ। नहरमा पानीको बहाव तीव्र भएकाले उद्धार टोली पानीको सतह कम हुने प्रतीक्षामा छन्। 

अहिले ऐहतियातन वाणसागर ड्यामको नहरमा पानी रोकिएको छ।

पानीको सतह कम गर्नका लागि सो नहरको पानी सिहावल नहरमा पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रकाशित: Feb 16, 2021| 06:53 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।